१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका जनसंगठनहरू महङ्गी विरुद्ध आन्दोलनमा उत्रने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको बैठकले पेट्रोलियम पदार्थ, खाद्यबस्तु लगायतमा भएको चर्को मूल्यवृद्धि विरूद्ध आन्दोलनमा उत्रने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको संयन्त्रको बैठकले आन्दोलनलाई सडकदेखि सदनसम्म बुलन्द पार्ने निर्णय गरेको संयन्त्रका संयोजक तथा पार्टी स्थायी कमिटीका सदस्य भानुभक्त ढकालले बताए ।

पेट्रोलियम, खाद्यपदार्थ लगायतमा मूल्यवृद्धि, पाठ्यपुस्तकको अभाव, धान रोपाइको समयमा मलखादको अभाव जस्ता विषयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ, नेपाल लगायत आन्दोलनमा छन् ।

जारी आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै पार्टीका सबै २२ वटै जनवर्गीय संगठनहरू सडक आन्दोलनमा उत्रने भएका हुन् । जनवर्गीय संगठनहरूको आन्दोलनमा स्थानीय पार्टीपङ्तीको पनि सहभागिता हुने छ ।

पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा भएको बैठकको अध्यक्षता संयन्त्रका संयोजक भानुभक्त ढकालले गरेका थिए ।

बैठकमा संयन्त्रका सहसंयोजक, सबै जनवर्गीय संगठनका इञ्चार्ज, सहइञ्चार्ज, जनसंगठनका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

‘वर्तमान परमादेशी सरकार अत्यन्तै गैर जिम्मेवार बन्यो, मूल्यबृद्धिले सीमा नाघ्यो, जनताको समस्याप्रति बिल्कुलै वास्ता गरेन, यो सरकारले जनतामाथि महङ्गीको मार थपिरहने प्रष्टै भएपछि आन्दोलनको विकल्प रहेन, संयन्त्रका संयोजक तथा स्थायी कमिटी सदस्य ढकालले भने ।

यसैबीच जनवर्गीय संगठनमा काम गर्ने नेता कार्यकर्तालाई प्रशिक्षण दिने तयारीका साथ पार्टीको केन्द्रीय स्कुल विभागले पाठ्यक्रमको नयाँ मस्यौदा तयार गरेको छ । उक्त पाठ्यक्रमलाई समृद्ध बनाउन बैठकमा जनवर्गीय संगठनका नेताहरूले सुझाव दिएका थिए ।