१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस लेनदेनको अडियो प्रकरणः छानबिन गर्न समिति गठन



अ+ अ-

काठमाडौँ । न्यायाधीश र अधिवक्ताबीच घूस लेनदेनको अडियो सार्वजनिक भएको घटनाको छानविन गर्न समिति गठन भएको छ ।

न्यूज २४ टेलिभिजनले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोईराला र अधिवक्ता रूद्रप्रसाद पोखरेलको बीचमा व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको लेनदेनको अडियो सार्वजनिक भएको थियो । न्यायपरिषदले सो घटनाबारे छानबिन गर्न समिति गठन गरेको हो ।

न्यायपरिषद सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको छ ।

न्यायाधीश कोइरालाले आफूबाट कुनै अनुचित कार्य नभएको दाबी गरेका छन् । घूस लेनदेनको अडियो सार्वजनिक भएपछि कोइरालाले सामाजिक संजालमा एक पोस्ट गर्दै आफूले कुनै गलत काम नगरेको दाबी गरेका हुन् ।

उनले घटनाको बारेमा न्याय परिषदबाट छानबिन होस् भन्ने माग गर्दै यसमा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङलाई धरौटीमा छाड्ने विषयमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचको कुराकानी भएको अडियो सार्वजनिक भएको छ ।

उक्त अडियोमा उनीहरुले पैसा लिएर तामाङलाई धरौटीमा छाड्ने बारेमा कुराकानी गरेको सुन्न सकिन्छ ।