२५ भाद्र २०८३, बिहीबार
,
Latest
विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि सर्वसाधारणका लागि मठमन्दिर खुला हुने



अ+ अ-

बागलुङ । यहाँको प्रसिद्ध शक्तिपीठ कालिका भगवतीसहित सबै मठमन्दिर भोलिदेखि सर्वसाधारणका लागि खुला हुने भएका छन् । कोरोना महामारीका कारण गत वैशाखदेखि धार्मिक क्षेत्र बन्द थिए । आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्रको बैठकले जनस्वास्थ्य मापदण्ड पूरा गरेर मठमन्दिर खोल्ने निर्णय गरेको हो । मन्दिरको प्रवेशद्वारमा हात धुने व्यवस्था गर्नुपर्ने, दर्शनार्थीको ज्वरो नाप्ने, अनिवार्य मास्क प्रयोग र पूजाको लाममा रहँदा भौतिक दूरी कायम गर्नुपर्ने नियम तोकिएको छ ।

कोरोनाको दोस्रो लहर भित्रिएपछि कालिका भगवती, सर्वसिद्धिधाम पञ्चकोटलगायत यहाँका धार्मिक पर्यटकीय गन्तव्यस्थल ठप्प थिए । मन्दिरमा दैनिक नित्य पूजापाठ मात्र हुँदै आएको थियो । कालिका भगवती मन्दिर गुठीका अध्यक्ष राजु खड्काले मन्दिर परिसरमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गरिने बताउनुभयो । बडादशैँ पनि नजिकिँदै गएकाले सुरक्षित तबरले भक्तजनलाई पूजापाठको प्रबन्ध गरिने उहाँको भनाइ छ । दशैँको नवदुर्गामा कालिका भगवतीको विशेष पूजाआजा हुन्छ । केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार मठमन्दिरसँगै चलचित्र घर, पार्टी प्यालेस, खेलकुदस्थल, जिमखाना, सौन्दर्य व्यवसाय, तालिम केन्द्रलगायत पनि स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न पाइने भएको छ ।

चलचित्र घर आधा क्षमतामा चलाउने र अनलाइन टिकट बेच्नुपर्ने मापदण्ड बनाइएको छ । सरकारले तोकेको ‘स्मार्ट लकडाउन’ को प्रावधानभित्र रहेर स्थानीय तहले केन्द्रसँगको समन्वयमा विद्यालय सञ्चालनको निर्णय गर्न पाउने भएका छन् । सभा, सम्मेलन, मेला, उत्सवजस्ता भीडभाडजन्य क्रियाकलापमा भने अझै बन्देज लगाइएको छ ।