२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश र वकिलबीच १० करोड लेनदेनको अडियो सार्वजनिक



अ+ अ-

काठमाडौँ । सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न एक न्यायाधीश र वकिलबीच १० करोड रुपैयाँको लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएको छ ।

अडियो सार्वजनिक भएपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुकमार कार्कीले बुधबार दिउँसो आकस्मिकरुपमा न्यायपरिषद्को बैठक बोलाउनुभएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेलबीच करिब १० मिनेटको टेलिफोन संवादमा १० करोड रुपैयाँ लेनदेनसम्बन्धी कुराकानी सार्वजनिक भएको हो ।

न्युज २४ टेलिभिजनले सार्वजनिक गरेको सो विवादास्पद अडियोमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालासमक्ष तामाङलाई धरौटीमा छाड्न १० करोड रुपैयाँको प्रस्ताव गरेको उल्लेख छ ।

पोखरेलले त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पनि साथ हुने भन्दै न्यायाधीश कोइरालालाई प्रलोभन दिएका थिए ।

त्यसमा न्यायाधीश कोइरालाले तामाङलाई धरौटीमा छुटाउन आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने बताएका छन् । अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौँ जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गरेका छन् ।

सोही विषयलाई लिएर बुधबार डेढ बजे आकस्मिकरुपमा न्यायपरिषद्को बैठक बोलाइएको अनुमान गरिएको छ ।