२५ भाद्र २०८३, बिहीबार
,
Latest
विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोग र सभामुख बिरुद्ध एमाले अध्यक्ष ओलीले दायर गरेको रिटको सुनुवाई हुँदै



अ+ अ-

 काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै दायर गर्नु भएको रिटको आज सर्बोच्च अदालतमा सुनुवाई हुँदैछ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको सयुक्त  इजलासमा मुद्दाको सुनुवाई हुन  पेशी तोकिएको छ । आजको सुनुवाई पछि रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा सुनुवाइ हुनेछ ।

एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटा र कर्णाली प्रदेसमा सभामुख विरूद्ध छुट्टाछुट्टै तीन वटा रिट दायर गर्नुभएको छ । १४ जना सांसदलाई पार्टीले कारबाही गरेपछि सभामुखले सांसद पद निलम्बन गर्नु पर्नेमा नगरेको भन्दै रिट दायर गर्नुभएको थियो ।

रिटमा नेकपा एमालेले १४ जना प्रतिनिधिसभा सदस्यहरूलाई गरिएको कारबाहीलाई कार्यान्वयन नगरी उन्मुक्ति दिने गरी विपक्षीहरूबाट भएको आदेश तथा निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी रिट निवेदक दलले गरेको कारबाही निष्कासनको निर्णय कार्यन्वयन गर्नूर गराउनू भनी विपक्षीहरूको नाममा परमादेश प्रतिषेधको आदेश जारी गर्न माग गरिएको छ