६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी एकाध व्यक्तिको निजी क्लव जस्तो भयो-लेखनाथ न्यौपाने



अ+ अ-

काठमाडौ । नेकपा माओबादी केन्द्रका नेता लेखनाथ न्यौपानेले  पार्टी  एकाध व्यक्तिको निजी क्लब बनाईएको आरोप लगाउनु भएको छ ।

आज बिहान अध्यक्ष पुष्पकमल दाहालको निबास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी सदस्य सम्मिलित केन्द्रीय कार्यालयको विस्तारित वैठकले एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय पछि सामाजिक संञ्जाल फेसबुकमा नेता न्यौपाने ले पार्टी राष्ट्रघाति कित्तामा उभिएको टिप्पणी गर्नुभयो ।

उहाँले लेख्नु भएको छ –

नेकपा (माओवादी केन्द्र) ले आज एमसीसीका बारे गरिएको भनिएको निर्णयबारे 

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैंठक पटक पटक स्थगित गरिएको छ । महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अबस्था छ । एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसीसी जस्तो  मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर बिषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ? यसको मारमा देश, जनता, पार्टी र पार्टीका कार्यकर्ता पर्नुपर्ने ।

 हालको नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिको निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन् । आज बिहान बसेको भनिएको बैठकको कुनै बैधानिकता छैन् । 
माओवादी राष्ट्रघात गर्ने पार्टी होइन,  माओवादी एकाध व्यक्तिको निजी क्लब होइन ।