६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियुको चेतावनीः पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सशक्त ढंगले आन्दोलनमा उत्रने



अ+ अ-

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै मुल्यवृद्वि फिर्ता नलिए त्यसकाविरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रने पनि चेतावनी दिएको हो।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा ‘देउवा नेतृत्वको जनतामारा नालायक सरकारले हिजो मध्य राती फेरि पनि पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि गरी पेट्रोलमा २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ बढाएर पेट्रोलको मूल्य प्रतिलिटर रु १४९, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु १५२ कायम गरी जनताको ढाड सेक्ने काम गरेको छ’ भनिएको छ ।

त्यस्तै आयल निगम चुहावट नियन्त्रण गर्न नभई कर्मचारीलाई बोनस र भत्ता बाड्न मस्त भएको अखिलको ठहर छ। विज्ञप्तिमा भनिएको छ, ‘देशमा राज्य छ कि छैन भन्ने अवस्था छ, मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाई, सरकार विभिन्न कर थुपारेर राजस्व उठाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रण गर्न होइन कर्मचारीलाई बोनस र भत्ता बाड्न मस्त छ।’

आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।