३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समिति बैठकमा प्रधानमन्त्री अनुपस्थित, पत्राचार नै नगरिएको जवाफ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित हुनुभएको छ ।

सिंहदरबारस्थित संसदीय सचिवालयमा बिहान १० बजे बस्ने भनिएको बैठकमा प्रधानमन्त्री देउवाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे जानकारी गराउनुहुने कार्यसुची रहेको थियो ।

तर प्रधानमन्त्रीले आफूलाई यसबारे जानकारी नै नभएको जवाफ पठाउनुभएको छ । यता संसदीय समितिले यसअघि नै शुक्रबार बसेको बैठकले यी दुई बिषयमा जानकारी गराउन प्रधानमन्त्री देउवालाई आमन्त्रण गर्ने निर्णय गरेको थियो र पत्राचार पनि गरिसकेको थियो ।

प्रधानमन्त्रीको तर्फबाट आफूहरू धनगढीमा रहेको र पत्र नै प्राप्त नभएको जवाफ आएको समितिका सभापति पवित्रा निरौलाले जानकारी दिनुभएको हो ।