११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

चितवन । माडीमा इनार सफा गर्ने क्रममा निसासिएर दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८ का २५ वर्षीय सूर्य गुरुङ र ३० वर्षीय शिव राई रहेका छन् ।

कार्यालका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार माडी नगरपालिका–७ देवेन्द्रपुरकी रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा शनिबार दिउँसो इनारभित्र पसेका गुरुङ निसासिएपछि उनको उद्वारका लागि गएका राईको डोरी चुडिँदा उनीहरु पानीमा डुबेका थिए ।

पानीमा डुबेका उनीहरुको अक्सिजन कमी भएर मृत्यु भएको अनुमान गरिएको छ । इनारको पानी फाली उनीहरुको शव बाहिर निकालिएको कार्यालयले जनाएको छ ।