१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बाहुबली २’ को रेकर्ड तोड्दै ‘विक्रम’



अ+ अ-

एजेन्सी । तमिलमा बनेको कमल हसन, विजय सेतुपति र फहद फासिलको सुपरहिट फिल्म विक्रमले यसै हप्ता निर्देशक एसएस राजामौलीको फिल्म ‘बाहुबली २’ को रेकर्ड तोड्ने भएको छ ।

चलचित्र ‘विक्रम’को बक्स अफिस प्रदर्शन तेस्रो हप्ता पनि जारी छ । फिल्मले पहिलो दुई हप्तामा नै उत्कृष्ट कमाई गरेर तमिल सिनेमालाई नयाँ उचाइमा पुर्याएको छ ।

यो फिल्मले अभिनेता विजयको फिल्म ‘बिगिल’ को कमाई बराबर गरेको छ । जुन सफलता निर्देशक एसएस राजामौलीको ‘बाहुबली’लाई मात्र मिलेको थियो ।

निर्देशक लोकेश कनागराजको फिल्म विक्रम शुक्रबार तेस्रो हप्तामा प्रवेश गरेको छ । फिल्मले पहिलो हप्तामा तमिलमा १२५.६० करोड, तेलुगुमा १५.५० करोड र हिन्दीमा २.८५ करोड कमाएको थियो । दोस्रो हप्ताको अन्तिम तथ्यांक अनुसार फिल्म ‘विक्रम’ ले तमिलमा ४५.१६ करोड, तेलुगुमा ४.६ करोड र हिन्दीमा २.४४ करोड कमाएको छ ।

फिल्म अब रिलिजको तेस्रो हप्तामा प्रवेश गरिसकेको छ र शुक्रबार तेस्रो हप्ताको ओपनिङको तथ्यांकअनुसार फिल्मले सबै भाषामा मिलाएर करिब ३ करोड २५ लाख रुपैयाँ कमाएको छ ।

फिल्मको कुल घरेलु कुल कलेक्सन अहिले १९९.४० करोड रुपैयाँ छ । फिल्मको ग्रस कलेक्सनले यसअघि नै २०० करोडको आँकडा पार गरिसकेको छ । अन्तिम तथ्याङ्क अनुसार फिल्म ‘विक्रम’ले दुई सातामा २२९.६० करोडको ग्रस कलेक्सन गरेको छ ।

विश्वव्यापी कलेक्सनमा ३५० करोडको आँकडा छुने फिल्म ‘विक्रम’ अहिले तमिलनाडुमा रिलिज भएका फिल्मको सूचीमा तेस्रो नम्बरमा छ । फिल्मको तमिल संस्करणले देशभर करिब १७० करोड रुपैयाँ कमाएको भए पनि तमिलनाडुमा विजयको ‘बिगिल’ भन्दा थोरै मात्र पछाडि छ ।

तमिलनाडुमा तमिलमा रिलिज भएको सबैभन्दा धेरै कमाउने फिल्म ‘बाहुबली २’ हो, जसले १५५ करोड भारु कमाएको थियो । यो रेकर्ड पनि फिल्म ‘विक्रम’ रिलिजको तेस्रो हप्तामा तोड्न लागेको छ ।

फिल्म ‘विक्रम’को विदेशमा पनि कमाई १०० करोड नाघेको छ । फिल्मको हालसम्म विदेश कलेक्सन ११० करोड रहेको बताइएको छ ।

फिल्मले विश्वव्यापी कलेक्सनमा ४०० करोडको लक्ष्य राखेको छ र फिल्मको कलेक्सनको गतिलाई हेर्दा यो आँकडा फिल्मले छुने देखिन्छ ।