५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपः नेपालले भुटानलाई ५० रनले हरायो



अ+ अ-

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा शुक्रबार भएको खेलमा भुटानलाई नेपालले ५० रनले हराएको हो । यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रनमा समेटियो ।

भुटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक १६ रन जोडिन् । यस्तै एनगावाङ छोडेनले ८ तथा सोनाम छोडेनले ५ रन जोड्दा पेमा सोल्डेनले ४ रन बनाईन ।

भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीता राईले ४ विकेट लिईन् भने यस्तै कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य,सिता राना मगर र इन्दु वर्माले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोडिन् भने रुबिना क्षेत्रीले २१ रन बनाइन् ।

यस्तै, इन्दु बर्माले २० रन भने डोली भट्टले ५ रन जोडिज् । सिता मगर ४, ममता चौधरीले ३, बिन्दु रावलले १ तथा अश्मिना कर्माचार्य र ज्योति पाण्डे सुन्य रनमा आउट हुँदा कविता कुँवर १ रनमा अविजित रहिन् ।

भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले एक एक विकेट लिए ।

आजबाट सुरु भएको च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । नेपाल समूह ‘बी’मा रहेको छ । जुन समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै, समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।