८ श्रावण २०८३, शुक्रबार
,
Latest
चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपः नेपालले भुटानलाई दियो ९५ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले भुटानलाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ । मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनायो ।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोडिन् भने रुबिना क्षेत्रीले २१ रन बनाइन् । यस्तै, इन्दु बर्माले २० रन भने डोली भट्टले ५ रन जोडिज् ।

सिता मगर ४, ममता चौधरीले ३, बिन्दु रावलले १ तथा अश्मिना कर्माचार्य र ज्योति पाण्डे सुन्य रनमा आउट हुँदा कविता कुँवर १ रनमा अविजित रहिन् । भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले एक एक विकेट लिए ।

आजबाट सुरु भएको च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । नेपाल समूह ‘बी’मा रहेको छ । जुन समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै, समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।