२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपीमा नेपाल सहभागी हुँदैन– गृहमन्त्री खाण



अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने बताएका छन् ।

प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाका तर्फबाट प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट गरे ।

यद्यपि उनले एमसीसी र एसपीपी फरक फरक विषय भएको बताए । केही सांसदहरुले एमसीसीकै कारणले एसपीपी आएको हो कि भन्ने प्रश्न गरेको भन्दै उनले दुवै एकै नभएको बताए ।

“एमसीसी सुरुदेखि नै पास गर्नुपर्छ भन्यौँ र गर्यौँ पनि”, उनले भने, “नेपाल अब एसपीपीमा जाँदैन भनेका छौँ, नेपाल कुनै पनि हालतमा एसपीपीमा जाँदैन ।”