२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको पालामा एसपीपी सम्झौता भएको प्रमाणित गर्न एमालेको प्रचण्डलाई चुनौती



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले केपी शर्मा ओलीको पालामा स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता भएको प्रमाणित गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुमै समय लिँदै एमालेका वरिष्ठ उपाध्यक्ष एवं सांसद ईश्वर पोखरेलले अमेरिकासँग एसपीपी सम्झौता ओली सरकारका पालामा भएको प्रमाणित गर्न प्रचण्डलाई चुनौती दिनुभएको हो । उहाँले एसपीपी सम्बन्धमा सत्ता गठबन्धनका नेताहरुले झुटो बोलेको बताए ।

बिहीबार बिहान एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एसपीपीको कार्यन्वयन गर्ने काम सन् २०१९ मा केपी ओली सरकारले गरेको बताउनुभएको थियो ।

कार्यक्रममा उहाँले भन्नुभएको थियो, “एसपीपी सम्झौता हुँदैछ भन्ने प्रचार झुटो हो, बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सबैले बुझ्न जरुरी छ।”

प्रचण्डको सो भनाइप्रति संकेत गर्दै पोखरेलले आफू केपी ओली नेतृत्वको सरकारमा उपप्रधान तथा रक्षामन्त्री रहेको उल्लेख गर्दै भने, “यस विषयमा कुनै सकारात्मक कुरा, लिखत, वक्तव्यहरु माइन्युट छन् भने यो संसद्समक्ष प्रस्तुत गरियोस् । त्यसको पूर्ण जवाफदेही लिन हामी तयार छौँ।”

नेता पोखरेलले प्रचण्डप्रति आक्रोश पोख्दै यस्ता गैरजिम्मेबार ढंगले बोलेकामा क्षमा माग्नुपर्ने बताए ।