२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेन शाहमाथी पत्रकार दुर्व्यवहारको आरोप, पत्रकार महासंघले जारी गर्यो निन्दासहितको ध्यानाकर्षण पत्र



तस्बिरः सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबाट पत्रकारमाथी दुर्व्यवहार भएको भन्दै निन्दासहितको ध्यानाकर्षण पत्र जारी गरेको छ ।

समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनमा कार्यरत पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अष्भिट लामालाई काठमाडौं महानगरपालिकाका प्रमुख साहले दुर्व्यवहार गरेको महासंघले जनाएको छ ।

महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि आज दिउँसो एक बजे त्यहाँ पुुगेका पत्रकारद्वयलाई एक्कासि विभाग आइपुगेका प्रमुख साहले हिमालय टेलिभिजनको बुम र क्यामेरा देख्नेवित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएको आरोप महासंघको छ ।

महासंघले उक्त घटनाप्रति निन्दासहितको ध्यानाकर्षण पत्र जारी गर्दै स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको पनि जनाएको छ ।

साथै संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहोर्याउन पनि महासंघले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।