२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रधानमन्त्रीले अमेरिका भम्रणबारे संसद, समिति र नागरिकलाई जानकारी गराउनुपर्छ’



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरु उठेको भन्दै प्रधानमन्त्रीले संसद, समिति र देशलाई जानकारी दिनुपर्ने बताउनुभएको हो । उहाँले भ्रमणमा देशलाई उचित हुने भन्दा बाहेक अन्य कुनै पनि गतिविधिहरु सरकारले गर्न नहुने बताउनु भयो । अध्यक्ष नेपालले असंग्लन परराष्ट्र नीतिबाट सरकार अविचलित भएर अगाडि बढ्न नहुने बताउनु भयो । उहाँले परराष्ट्र नीतिको विषयमा कुनैपनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने बताउनु भयो ।

अध्यक्ष नेपालले सरकारका परराष्ट्र मन्त्री अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा छलफलमा वर्तमान सरकारको अन्तर्राष्ट्रिय नीतिको विषयमा जानकारी गराउनु उपस्थिति जनाउनुपर्ने बताउनु भयो । उहाँले पहिलोपटक नेपालमा विदेशी सेना रहेको सुनेको पनि बताउनु भयो । अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भिर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गर्नुभयो ।

उहाँलेभन्नुभयो,‘ नेपालले कुनै पक्षमा नलाग्ने असंग्लन परराष्ट्र नीति लाएका छौं । त्यो नीतिमा सरकार अविचलित रुपमा अगाडि बढ्नुपर्छ । सरकारले आफ्नो नीतिका विषयमा सबैलाई स्पष्ट रुपमा राख्नुपर्छ । यो मामिलामा कुनै किसिमको दबाब,धम्की हामीलाई स्वीकार्य हुन सक्दैन । परराष्ट्र नीति कस्तो बनाउने र कसरी अगाडि लैजाने विषयमा राष्ट्रप्रति माया गर्ने राष्ट्रिय शक्तिहरुको बीचमा नै छलफल गर्ने आवश्यकता पर्छ । अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा छलफल गर्दा परराष्ट्र मन्त्री समितिको बैंठकमा आउनुपर्ने हो । किन आउनुभएन ।

उहाँले वर्तमान सरकारको परराष्ट्र नीति, कार्यान्वयनका सन्र्दभमा धारणा सुन्नुपर्ने थियो । समितिका धेरै कुराहरु उठेका छन् । त्यसले आंशकित बनाएको छ । विदेशी सेना नेपालमा छन् । मैले भर्खरै पहिलो चोटी सुनेँ । त्यो हो भने गम्भिर कुरा हो । कहाँ छन् । कुन कुन देशका छन् । कुन क्याम्पमा राखिएको छ । त्यसमा बारेमा समितिको ध्यान जानुपर्छ । सरकारको ध्यानाकर्षण गराउनुपर्छ । हाम्रो वैदेशीक ऋण साहयता लिने कुराहरुमा धेरै क्रुटीहरु छन् । यसको पनि परिर्वतन गर्नपाए हुने थियो । प्रधानमन्त्री अमेरिका भम्रणको कुराहरु आएका छन् । भम्रणका विषयमा संसद, समिति र देशले जानकारी पाउनुपर्छ । भ्रमणमा कुनैपनि अन उचित कामहरु हुनुहुर्दैन ।’

अध्यक्ष नेपालले सरकारले लिने वैदेशीक ऋणका प्रावधानहरुमा धेरै क्रुटीहरु रहेको भन्दै परिर्वतन गर्नुपर्ने बताउनु भयो ।