१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

‘किसानले भोगेको समस्या बुझिदेउ सरकार’

‘किसानले भोगेको समस्या बुझिदेउ सरकार’
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले बीउ, मल, पेट्रोलियम उत्पादनको मूल्य वृद्धि तथा किसानले भोग्नुपरेको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले जुन सरकारको समयमा पनि अत्यावश्यक सामग्रीको अभाव र चर्को मूल्यवृद्धि हुने गरेकाले यस्तो विषयमा आएको सार्वजनिक महत्वको प्रस्तावमा सबै दल एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । गौतमले किसानले भोगेको समस्या बुझिदिन सरकारसँग आग्रहसमेत गर्नुभयो ।

यस्तै सदस्य गोमा देवकोटाले किसानले मल नपाएको, विद्यार्थीले पुस्तक नपाएकाले उनीहरुलाई मल बीउ तथा पुस्तक उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।

अर्का सदस्य पार्वतीकुमारी विशङ्खेले किसानलक्षित प्रस्ताव, संविधानमा नागरिकको खाद्य सुरक्षाको अधिकारको व्यवस्था गरिए पनि कृषकमैत्री कार्यक्रम सरकारले ल्याउन नसकेको बताउनुभयो ।

अर्का सदस्य लक्ष्मीकुमारी चौधरी कृषि प्रधान देशमा किसानले मल, बीउ, बिजन प्राप्त गर्न नसक्नु उनीहरुको अपमान भएको बताउँदै सरकारले बाँझो जमिन राख्न नपाइने नियम बनाएको भए पनि खेती गर्न मलको अभाव हुनु द्वन्द्वात्मक विषय भएको बताउनुभयो ।

अर्का सदस्य मोहनकुमार पाण्डे भन्सार शुल्क शून्य बनाएर पनि जनताले आफै मल आयात गर्न दिनुपर्ने विचार व्यक्त गर्दै उनीहरुलाई मल उपलब्ध गराउन हरसम्भव उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो । उहाँले विगतमा मल कारखाना स्थापना गर्न, मल आयात गर्न पूर्व कृषिमन्त्रीले किन नगरेको अहिले बताउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

अर्का सदस्य तुलसी थापा यो वर्षको खेती गर्न आवश्यक मल भण्डारण गर्न गोदामसमेत नरहेको अवस्थामा सरकार संवेदनशील हुनुपर्ने बताउँदै आत्मनिर्भर बन्न के कसो गर्नुपर्छ त्यसको निमित्त सोच बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य प्रेम सुवाल मल आपूर्ति हुन नसकेको विषयमा गठबन्धनका शीर्ष नेतालाई जवाफ दिन लगाउनुपर्ने बताउँदै मल आयातमा अर्बौँ रुपैयाँ कमिसन प्राप्त हुने हुँदा मल कारखाना स्थापनाका लागि चार दशकदेखि कुरा उठे पनि अगाडि बढ्न नसकेको विचार व्यक्त गर्नुभयो ।

अन्य सदस्यहरु निरुदेवी पाल, नारदमुनि चौधरी र कलिना खातुनले मल अभावले अहिले आतङ्कित रहेकाले राजनीतिभन्दा माथि उठेर यसलाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।