• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन् ★   समितिमा सहमति नभए बजेटमा पनि अवरोध हुन्छ: कांग्रेस ★   काँग्रेस सभापति र महामन्त्रीको कारण वार्तामा सहमति जुट्न सकेन: महेश बर्तौला ★   द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता ★   आईपीएल २०२४ मा बनेका १३ कीर्तिमानहरु ★   एकै याममा तीन पटक सगरमाथा आरोहण गरेकी पूर्णिमालाई काठमाडौँमा स्वागत ★   ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै  ★   डुबान रोक्न कोशीको ढोका खोल्ने विषयमा दुवै देशबीच समन्वय गर्न जरुरी: महानिरीक्षक अर्याल

प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमण प्रति गठबन्धनभित्र आशंका



काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिकी भ्रमणलाई लिएर सत्ता गठबन्धनभित्र आशंका उत्पन्न भएको छ ।

सत्ता गठबन्धनको एक प्रमुख घटक नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीको अमेरिका भ्रमण रोक्नका लागि राजनीतिक लबिङलाई तीव्र बनएको छ ।

उच्च स्रोतका अनुसार अमेरिकी रक्षा मन्त्रालय र नेपालको रक्षा मन्त्रालयबीच हुने सहमतिको बिषयमा माओवादी केन्द्र सशंकित भएको हो ।

प्रधानमन्त्रीको हैसियतमा भन्दा पनि बढी रक्षामन्त्रीको हैसियतमा भ्रमण हुन खोजेको र विभिन्न सैन्य सम्झौता हुन लागेको भन्दै माओवादी केन्द्रले भ्रमणप्रति असहमति जनाएको हो ।

केही दिनअघि माओवादी केन्द्रका प्रमुख सचतेक देव गुरुङले संसदमा नै  प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमण शंकास्पद रहेको बताउनुभएको थियो । उहाँले प्रधानमन्त्री देउवा र प्रधानसेनपति प्रभुराम शर्माको अमेरिका भ्रमण आवश्यक नभएको भन्दै रोक्नका लागि माग गर्नुर्भको थियो ।

सोमबार बिहान मात्रै नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बालकोट पुग्नुएको थियो ।

एमालेका नेता एवं पूर्वपराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदनमा अमेरिका भ्रमण प्रधानमन्त्री देउवाको हो कि प्रधानसेनापतिको हो भनी प्रश्न गर्नुभएको थियो ।

यसैबीच प्रतिनिसिभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणका बारेमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा लाई असार ५ गते समितिको बैठकमा बोलाउने भएको छ ।