१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

जिसस सिन्धुपाल्चोकको प्रमुखमा कांग्रेसका श्रेष्ठ निर्वाचित

जिसस सिन्धुपाल्चोकको प्रमुखमा कांग्रेसका श्रेष्ठ निर्वाचित
अ अ+ अ-

सिन्धुपाल्चोक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको प्यानल निर्वाचित भएको छ । आज सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित हुनुभयो ।

उहाँका प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार गणेश विकले १० मत प्राप्त गर्नुभयो । एक मत खाली रहेको थियो । यहाँ कांग्रेस र समाजवादी तथा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । बाह्र स्थानीय तह रहेको सिन्धुपाल्चोकमा जिसस निर्वाचनका लागि कूल २४ मतदाता रहेका छन् ।

उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदमनाथ नेपाल १३ मत प्राप्त गरी विजयी हुनुभयो । नेपालका प्रतिस्पर्धी एमालेका उम्मेदवार जङ्गप्रताप सिलवालले ११ मत प्राप्त गर्नुभयो । समन्वय समितिको सदस्यमा समाजवादीबाट एक र कांग्रेसबाट छ जनाले १३÷१३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले जानकारी दिनुभयो ।

जितबहादुर कार्की, बलराम केसी, विक्रम तामाङ, अम्बिका बस्नेत, ढकमाया सेतो कोइराला, सोममाया श्रेष्ठ, तारा नेपाली सदस्यमा विजयी भएका छन् ।