९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजकरण श्रेष्ठको अध्यक्षतामा नेपाल युवा उद्यमी संघ ललितपुरशाखा गठन



अ+ अ-

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले एक वर्षपछि महासंघको विधान संशोधन हुने बताउनु भएको छ । बिहीवार काठमाडौंमा नेपाल युवा उद्यमी संघ ललितपुरको प्रथम वार्षिक साधारण सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताउनु भएको हो । उहाँले महासंघको सन् २००६ साल देखि विधान संशोधन नभएकाले अर्को वर्ष विधान संशोधन गर्ने तयारीमा महासंघ रहेको बताउनु भयो ।

उहाँले महासंघको विधान संशोधन गर्दा नेपाल युवा उद्यमी संघको अध्यक्षलाई स्वत महासंघको सदस्य वा कार्यसमिति सदस्यको रुपमा राख्ने गरी विधान संशोधन गरिने बताउनु भयो । उपाध्यक्ष श्रेष्ठले लामो समय देखि युवा उद्यमीलाई महासंघमा ल्याउनु पर्छ भनेर लागि परेकाले त्यही अनुसार संधोधन हुने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो,‘ २००६ पछि नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन भएको छैन । अस्ति विद्यान संशोधन हुने कुरामा पनि अब अर्को वर्ष संशोधन हुन्छ होला । महासंघको विद्यान संशोधन हुँदा नेपाल युवा उद्यमी संघको अध्यक्षलाई स्वत महासंघको सदस्यको रुपमा वा कार्यसमितिको रुपमा कसरी ल्याउन सकिन्छ । त्यसबारे छलफल गर्ने छौं । अझ युवा उद्यमीहरुसँग कसरी काम गर्न सकिन्छ भन्ने कुरा पहिला देखि प्रयास गरेको छु । त्यो काम गर्ने प्रतिवद्धता जनाउन चाहान्छु ।’

युवा उद्यमी संघ ललितपुर शाखाले बिहीवार नै नयाँ नेतृत्व चयन ंगरेको छ । युवा उद्यमी राजकरण श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति बनेको छ । संघका नवनिर्वाचित अध्यक्ष राजकरण श्रेष्ठले युवा उद्यमी संघलाई नेपालका युवा उद्यमी बन्न चाहाने युवाहरुलाई सहयोग गर्ने माध्यम बनाउने बताउनु भयो । उहाँले सरकारसँग युवा उद्यमको लागि रहेका समस्या समाधान गर्ने र नीतिगत व्यवस्थामा सहजीकरण गर्ने काममा निरन्तर लाग्ने बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले उद्यमीहरुलाई कानुनी प्रक्रियाका बारेमा सरकारसँग मिलेर प्रशिक्षण गराउने काम संघले गर्ने बताउनु भयो ।