२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेद्वारा लुम्बिनी सभा अवरुद्ध (भिडियो सहित)



अ+ अ-

रूपन्देही । लुम्बिनी प्रदेशसभाको आजको बैठकलाई नेकपा एमालेले अवरुद्ध गरेको छ । बैठकको कारवाही सभामुख पूर्णबहादुर घर्तीले सुरु गरेलगत्तै एमालेले विरोध जनाउँदै उठेका थिए । 

कारवाहीमा परेका प्रदेशसभा सदस्य अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने अडान नेकपा एमालेको रहेको छ ।

एमाले सांसद आरती पौडेलले बैठकको शुरूमै एमालेले कारवाहीका लागि निर्णय गरेर पठाएका दुई सांसद पदमुक्त भएको सूचना टाँस नबढाउँदासम्म सदन चल्न नदिने जनाएलगत्तै एमाले सांसदहरू उठेर रोष्टमतिर गएर विरोध जनाएका थिए ।