१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन

चीनको हानझाउमा हुने एसियन खेलका लागि प्रथम चरणको विशेष प्रशिक्षण बुधबारदेखि हुने

चीनको हानझाउमा हुने एसियन खेलका लागि प्रथम चरणको विशेष प्रशिक्षण बुधबारदेखि हुने
अ अ+ अ-

काठमाडौंः चीनको हानझाउमा हुने एसियन खेलकुदलाई लक्षित गरी खेलाडीको पहिलो चरणको विशेष प्रशिक्षण बुधबारदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंक लाल घिसिङले विशेष प्रशिक्षणको त्रिपरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले सम्बन्धित खेलका समन्वयकर्तालाई खेल सामाग्री पनि हस्तान्तरण गरेका थिए ।

खेलाडीको क्षमता र कौशल अभिबृद्धि गर्नुका साथै वैज्ञानिक विधिबाट प्रशिक्षण प्रदान गर्दै नतिजामूलक उपलब्धी हासिल गर्न प्रशिक्षणको सुरुआत गरिएको हो ।

प्रशिक्षणमा विभिन्न २३ खेलका ५ सय १४ खेलाडी र ६६ प्रशिक्षक गरी ५ सय ८० जना समावेश हुने छन् । खेलाडीमा २ सय ३० पुरुष र २ सय ८४ महिला छन् ।

खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन् ।

यी खेलका खेलाडी छनोट गर्न प्रारम्भिक छनोट प्रतियोगिता पनि आयोजना भएको थियो ।

पहिलो चरणको विशेष प्रशिक्षण असार २३ गतेसम्म सञ्चालन हुने छ । दोश्रो चरणको छनोट असार २४ देखि २७ गतेसम्म हुनेछ । प्रशिक्षणका लागि विज्ञहरु पनि परिचालन गरिने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले राष्ट्रिय टिमलाई बलियो र व्यवस्थित बनाउन विशेष प्रशिक्षणको सुरुआत गरिएको बताउँदै ३६५ दिन नै खेलाडीलाई प्रशिक्षणमा सामेल गराउन परिषद्ले तयारी गरिरहेको बताए ।

उनले एसियाली खेलकुद मात्र नभइ प्रशिक्षण अन्य अन्तर्राष्ट्रिय प्रतियोगितको तयारीलाई पनि सहज हुने बताउँदै खेलाडीहरु कै उपलब्धिका कारण खेलकुदका निकाय मात्र नभइ सिंगो राज्यले गर्व महशुस गर्ने वातारण बनेको धारणा व्यक्त गरे ।

प्रशिक्षका तर्फबाट भारोत्तोलनका प्रमुख प्रशिक्षक राम पौडेलले प्रशिक्षणले नियमित रुपमा निरन्तरता पाउनु पर्नेमा जोड दिए । १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता एथलेटिक्सकी सन्तोषी श्रेष्ठले देशलाई केही दिनु पर्छ भन्ने जोश खेलाडीमा पनि भएकाले प्रशिक्षण सुरु भएकोमा खुशी व्यक्त गरिन् ।