२० मंसिर २०८२, शनिबार
,
Latest
अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसन्स लिगः फ्रान्स र क्रोएसियाको बराबरी



अ+ अ-

एजेन्सी । नेसन्स लिगको समूह चरण अन्तर्गतको खेलमा फ्रान्स र क्रोएसियाले १–१ गोलको बराबरी खेलेका छन् ।

सोमबार राति क्रोएसियाको घरेलु मैदान पोल्जुडमा भएको खेलमा सुरुवाती अग्रता भने फ्रान्सले बनाएको थियो । ५२ औं मिनेटमा एड्रियन राबोइटले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका हुन् । तर, ८३ औं मिनेटमा क्रोएसियाका एन्ड्रेज क्रामारिचले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे ।

लिग ए ग्रुप १ मा रहेका फ्रान्स १ अंकसहित तालिकाको तेस्रो र समान अंकसहित क्रोएसिया चौंथो स्थानमा रहेको छ । डेनमार्क ६ अंकसहित पहिलो स्थानमा रहँदा ३ अंकसहित अस्ट्रिया दोस्रो स्थानमा रहेको छ ।