२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १२.८९ अंकले गिरावट



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबार भएको सोमबार शेयर बजारमा गिरावट आएको छ । सोमबार पनि नेप्से सूचक १२.८९ अंकले घटेर २०६५.८२ विन्दुमा झरेको छ । त्यस्तै, त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंकले गिरावट आएको छ ।

सोमबार कारोबारमा आएका २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता सेयर १ अर्ब २७ करोडठ ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको छ । सोमबार कारोबारमा ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

नेप्सेका १३ उपसमूहमा ७ उपसमूहको सूचक नकारात्मक छन् भने ६ वटा उपसमूहको सूचक सकारात्मक रहेको छ । जसमा सबैभन्दा बढी माइक्रोफाइनान्सको ०.५३ प्रतिशतले बढेको छ । भने बाँकी सकारात्मक कारोबार भएका उपसमूहको ०.५० प्रतिशत भन्दा कमले बढेको छ । यता बैंकिङ्ग उपसमूहको सूचक सबैभन्दा धेरै १.३२ प्रतिशतले घटेको छ ।

सोमबार कारोबारमा उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भने हिमालयन बैंकको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने महुली लघुवित्तको ७.६६ प्रतिशत, नेपाल लाइफको ३.९२ प्रतिशत र मनकामना लघुवित्तको ३.९२ प्रतिशतले घटेको छ। यता भखैरै आइपीओ निश्काशन गरी कारोबार सुरु भएका उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयरमूल्य उच्च दरमा बढेको छ भने नारायणी विकास बैंकको पनि ६.४७ प्रतिशतले बढेको छ।

सोमबार कारोबारको आधारमा एशियन लाइफ कम्पनीको सबैभन्दा धेरै ८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसी एशिया बैंकको ६ करोड ७९ लाख बराबरको शेयर कारोबार भएको छ ।