२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही नेताले मन्त्री पद नछाड्ने बताएपछि एकीकृत समाजवादीमा विवाद



अ+ अ-

नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ ।

नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही नेताले आफूहरूले पद नछाड्ने बताएपछि पार्टीमा विवाद उत्पन्न भएको हो ।

नेकपा एसबाट मन्त्री बनेका विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठले आफूहरू सो पदबाट नहट्ने बताएका छन् । उनीहरूले आफूहरूले राम्रो काम गरेको दाबी गर्दै तत्कालै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको बताएका छन् ।

नेकपा एसको आइतबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले यो निर्णयलाई अन्यथा नलिईकन अन्य साथीलाई पनि सरकारमा पालो दिनुपर्ने बताएका थिए ।

मन्त्री खतिवडाले भने अहिले नै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको र मन्त्री पद आलोपालो प्रणालीमा चल्ने विषय नभएको बताएका थिए । तर अध्यक्ष नेपालले उनको कुरा सुनेनन् । उनले पार्टीले सरकारमा नयाँ मन्त्रीका रूपमा पठाउन लागेका नेताहरूलाई इज्जत राखेर काम गर्न निर्देशन दिएका थिए। नागरिक दैनिक