७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

सन्दर्भ विश्व वातावरण दिवसः कसले जोगाउला ‘केवल एउटै पृथ्वी’

सन्दर्भ विश्व वातावरण दिवसः कसले जोगाउला ‘केवल एउटै पृथ्वी’
अ+ अ-

काठमाडौँ । विसं २०७८ फागुन २१ गते मुस्ताङको थासाङ गाँउपालिका २ को मानापाथी हिमालको फेदमा दर्जनौँ चौरी आफ्नै लयमा चरिरहेका थिए । स्थानीय सुशीला शेरचन र उहाँका भाइ नरप्रसादको आम्दानीको बाटो थिए चौरी । गुरुसाङ्वो गुफा माथिको चिप्लुङ लेकमा चौरीको गोठ थियो । त्यही चौरी चर्ने छिप्लुङ खर्कमा खसेको हिमपहिरोले १५ वटा चौरी मा¥यो । चौरी बास बसेको खर्कमा हिउँले पुरिएर उनीहरूको प्राण पखेरु उड्यो । सुशील र नरप्रसादको सपना पनि हिमपहिराले खाइदियो ।

हिउँदमा जाडो छल्न बेशी झरेका चौरी गोठ गर्मी बढेपछि लेकतर्फ उकालिएकै समयमा आएको पहिरोले सखाप पारिदिएको थियो । स्थानीयवासीका अनुसार मानापाथी हिमालको फेदीमा रहेको छिप्लिङ, हेपिम, हुम्लुङ, पड्के, ह्याङ्लिङ, सरेका खर्कमा लगातार हिमपहिरो खस्ने गरेको छ । गत कात्तिक २९ गते पनि मानापाथी हिमालबाटै खसेको हिमपहिरोले उधुम मच्चायो । आँधी जस्तै गरी आएको मुस्लोसहितको पहिरो खसेपछि भाग्ने क्रममा कोवाङका अमरसिंह माविका शिक्षक र विद्यार्थी घाइते भए । नाउरीकोटका सकेन्द्र गौचन र भीम थकालीका २१ वटा याक र नाक मरेका थिए । हरेक वर्ष यस्तै विपत्तीको पीडामा मुस्ताङबासी परिरहेकै छन् ।

अघिल्लो वर्ष भारतको चमोलीमा पनि हिमपहिरो आयो । हिमपहिरोका परेर ऋषी गङ्गा पावर प्रोजेक्ट सबैभन्दा बढी प्रभावित भयो । विभिन्न अध्ययनअनुसार नेपालको दूधकोशी, तमोर, कालीगण्डकी, अरुण, मुगु कर्णाली, सुनकोशी, भोटेकोशी, अरुण र त्रिशूलीजस्ता नदीमा पनि बाढीपहिरो र हिमताल विस्फोट भएर आउने सम्भावना बढी देखिन्छ । नेपालको उत्तरी क्षेत्रमा मात्रै तीन हजार बढी हिमताल छन् ।

औद्योगिक राष्ट्रले थुपारेको कार्बन कहरमा नेपालजस्ता साना देशहरू जलवायु परिवर्तनको उच्च जोखिममा परेका छन् । हरेक वर्ष हिमनदी फुट्ने, हिमपहिरो आउने र तल्लो तटीय क्षेत्र प्रभावित हुने गरेको छ । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएका वर्षौका बाढीपहिरो त्यसैको उदाहरण हो भन्दा फरक पर्दैन । गत सालको असारमा आएको बाढी तथा पहिरोका कारण मेलम्ची बजार खण्डहर हुनु, निर्माणाधीन जलविद्युत् आयोजनासमेत अत्याधिक प्रभावित हुनुका पछाडि पनि जलवायु परिवर्तनको असरले नै काम गरेको छ । उच्च गतिमा हिमाल पग्लिरहेको छ । हिमनदीमा देखापरेको परिवर्तन र त्यसको निम्त्याएको जोखिम मुस्ताङमा आएको पहिरोभन्दा सयौँ गुणा बढी विनाशकारी हुने कुरामा कुनै दुईमत देखिदैन ।

गत वर्षको बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा मात्रै रु तीन अर्ब बराबरको क्षति भएको उद्यमीहरूको भनाइ रहँदै आएको छ । पछिल्ला पाँच वर्षमा त्यस क्षेत्रमा रु १० अर्ब बराबरको क्षति भएको छ । एक अन्तर्राष्ट्रिय अध्ययनअनुसार सन् १९७५ देखि २००० को बीचमा प्रत्येक वर्ष औसतमा चार अर्ब टन बरफ पग्लिएको थियो भने, सन् २००० देखि २०१६ को बीचमा त्यसको मात्रा दोब्बर भएर आठ अर्ब टन पुगेको छ । अन्र्टाटिकादेखि उत्तरी धुव्रसम्म पनि हिउँ र बरफको पग्ने क्रम असाध्यै बढेर गएको छ । जलवायु परिवर्तनका कारण संसारभर नै तापक्रममा वृद्धि भएको छ ।

पूर्वमा वर्मादेखि पश्चिममा इरानसम्मको उत्तरी क्षेत्रमा हिमाल र हिमश्रृङ्खला छन् । हिन्दूकुश क्षेत्रमा लामो समयदेखि वातावरण र जलवायुको क्षेत्रमा अध्ययन गर्दै आएको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका अनुसार माथिल्लो हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको प्रभावले बाढीपहिरोको वितण्डा मच्चाउन थालेको छ । गत वर्ष मेलम्चीमा आएको बाढीपहिराले सरकारी तथा निजी सम्पत्तिलाई बगरमा परिणत गर्नुको पछाडि पनि सोही कारण रहेको जानकारको भनाइ छ ।

हिमाली क्षेत्रमा सन् १९५० पछि नयाँ हिमताल बन्ने, हिमपहिरो खस्ने, हिमनदी विस्तारित हुने क्रम बढेर गएको छ । सगरमाथा आरोहणमा जाने आरोहीअनुसार खुम्बु हिमनदीमा देखिएको परिवर्तन सबैभन्दा डरलाग्दो छ । इसिमोडका अनुसार कोशी, गण्डकी र कर्णाली नदी जलाधार क्षेत्रमा मात्रै २१ ताल असाध्यै जोखिमपूर्ण अवस्थामा छन् । ती ताल विस्फोट भएको अवस्थामा तल्लो तटीय क्षेत्रका सयौँ बस्ती, जलविद्युत् आयोजना, सडक पूर्वाधारलगायत सम्पत्ति क्षणभरमा नै स्वाहाः हुने खतरा उत्तिकै छ ।

केही वर्ष पहिले भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी जलविद्युत् आयोजना झण्डै चार वर्षसम्म बन्द हुनपुग्यो । गत भदौमा तामाकोशी नदीको माथिल्लो जलाधार चीनको स्वशासित क्षेत्र तिब्बतमा भीषण वर्षा हुँदा माथिल्लो तामाकोसीको जलाशयको पानी घटाएर आयोजना सुरक्षित बनाइयो । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका हिमनदी पग्लने क्रममा वृद्धि भएको तथ्य कोही कसैबाट छिपेको छैन । त्यस्तै गत असारको वर्षाले मनाङ, बाजुरा, बझाङलगायत हिमाली क्षेत्रमा पनि अत्याधिक वर्षा भयो । पानीको सतह घटाउन च्छो रोल्पा हिमतालमा सरकार र गैरसरकारी क्षेत्रबाट राम्रै प्रयास भएको छ । भोटेकोशीको माथिल्लो जलाधार क्षेत्रमा मात्रै साना ठूला गरी तीन दर्जन बढी हिमताल छन् ।

सोलुखुम्बु क्षेत्रमा पनि अनेकन हिमनदी र हिमताल देखिन थालेका छन् । विश्वव्यापी रुपमा तापक्रममा वृद्धि हुँदै जाँदा हिमनदीको आकार बढ्दै गएको छ । त्यसबाट तल्लो तटीय क्षेत्रमा जोखिम बढ्दै गएको छ । केही वर्ष पहिलो कास्कीको सेती नदीमा अकस्मात बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो । नेपालका अधिकांश खोला तथा नदी उत्तरबाट दक्षिणतर्फ बग्ने र ठाडो प्रकृतिका छन् । तापमानमा भएको वृद्धिका कारण नदीमा पानीको सतह बढ्दै गएको छ । यसबाट नदीमा निर्माण भएका जलविद्युत् आयोजनालाई पनि जोखिममा पारिदिएको छ ।

सन् १९९० मा भोटेकोशी जलविद्युत् आयोजना निर्माणका क्रममा भूउपग्रहको तथ्याङ्कका आधारमा अध्ययन गर्दा चिनियाँ भूभागमा साना ठूला गरी ४० का हाराहारीमा हिमनदी रहेको पाइएको थियो । ती नदीमा सन् १९३० र १९८१ मा समेत ठूलो बाढी आएको विवरणलाई पनि अध्ययन गरेर भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिएको त्यस आयोजना सम्वद्ध पक्षले जानकारी दिएको छ । गत असारमा निर्माण हुन लागेको ४४ मेगावाट क्षमताको सुपरमादी जलविद्युत् आयोजनामा मात्रै रु एक अर्ब बराबरको क्षति भयो । बाढीपहिरोको जोखिम बढ्दै गएपछि त्यसको निरुपणका लागि कसरी अगाडि बढ्ने र पूर्वतयारी कसरी गर्ने भन्ने बारेमा छलफल निरन्तर भइरहेको तर त्यसको नियन्त्रण गर्ने सबै उपाय भने देशभित्र मात्रै छैन ।

कार्बन उत्सर्जनका कारण विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा बढी देखिएको भन्दै सरकारी तथा गैरसरकारी निकाय एवं स्थानीय सरोकार भएका सबै निकायको साझा प्रयत्नले मात्रै जोखिमको न्यूनीकरण गर्न सकिने अवस्था छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका केही आयोजनामा मौसम पूर्वसूचना प्रणाली जडान भए पनि निजी क्षेत्रले निर्माण गरेका र निर्माणमा जाने तयारीमा रहेका आयोजनामा त्यस्तो प्रणाली राखिएका छैनन् ।

प्राधिकरणका अनुसार मस्र्याङदी र तामाकोशीमा ‘गेज स्टेशन’ राखिएको छ । त्यसबाट जोखिमको पूर्वतयारी एवं नदीको पूर्वसूचना प्राप्त हुने गरेको छ । सरकारले प्राकृतिक विपद् र जोखिम न्यूनीकरणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नै स्थापना गरेर आफ्नो काम गरिरहेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार पछिल्लो २० वर्षमा बाढीको प्रकृतिमा बदलाब आएको छ । जोखिमको मात्रामा वृद्धि भएको छ । गत कात्तिकमा परेको बेमौसमी वर्षाका कारण झण्डै रु १२ अर्ब बराबरको क्षति हुनाले पनि वर्षाको प्रवृत्तिमा बदलाव आएको देखिन्छ ।

विपद्को पूर्वसूचना आदानप्रदान गर्न नेपाल र चीन सरकारबीच नौ बुँदे समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । प्राधिकरणले बाढीपहिरो, आगलागी एवं नदीको जोखिमका बारेमासमेत अध्ययन गरिरहेको र जल तथा मौसम विभागसँग पनि सहकार्य गरिररहेको छ । नेपालमा डोजर नभइकन विकास नै हुँदैन भन्ने मान्यताका कारण बाढीपहिरोको जोखिम बढ्दै गएको छ ।

नदीमा जोखिम बढेको र त्यसले समग्र क्षेत्रमा असर पर्ने भएकाले जोखिम न्यूनीकरणका कारण सम्वद्ध पक्षको समान हिस्सेदारी रहने गरी काम गर्नुपर्ने आवश्यकता झनै बढेर गएको छ । विश्व वातावरण दिवस सन् १९७४ देखि निरन्तर मनाइँदै आएको छ । हरेक वर्ष विश्वभरि लाखौँ मानिसहरू उत्सवमा भाग लिन्छन् । यस वर्षको दिवसलाई ‘केवल एउटा पृथ्वी’ भन्ने नाराका साथ मनाइएको छ ।

यसले पुथ्वीको आवश्यकताको महत्व दर्शाएको छ । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)का पेमा ग्याम्त्सोको सन्देशमा अनगिन्ती आकाशगङ्गा भएको ब्रह्माण्ड छ । हाम्रो आकाशगङ्गामा पनि अनगिन्ती ग्रहहरू छन् । तर एउटा मात्रै पृथ्वी छ । यो लगभग सात अर्ब ५० करोड मानिसको घर हो । बढ्दो विश्वव्यापी तापक्रमले पृथ्वी प्रणालीका भागहरूलाई अपरिवर्तनीय परिवर्तनमा धकेलिदिएको छ । हरितगृह ग्यास उत्सर्जन धेरै गुणा बढाउने, समुद्री सतह ५ देखि ७ मिटरले बढाइदिएको छ । जैविक विविधतामा हानी उत्पन्न भएको छ । कतै गम्भीर खडेरी त कतै भारी वर्षा भइरहेको छ । हिन्दूकुश हिमालयमा पनि यस्ता परिवर्तनहरू देखापरेका छन् । हरेक वर्ष करिब ६० अर्ब टन नवीकरणीय र गैरनवीकरणीय स्रोतहरू निकालिन्छ । बायोमास, जीवाश्म इन्धन, खनिज र धातुको विश्वव्यापी निकासी र प्रयोग सन् १९७० देखि यता आउँदा ६ गुणाले बढेको छ ।

सन् १९९२ देखि सहरी क्षेत्र दोब्बर भएको छ । ठूलो मात्राको वन खेतबारीमा परिणत भएको छ । विषाक्त फोहोर हरेक वर्ष खोला, नदी र महासागरहरूमा सिधैँ फ्याकिन्छ । इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेञ्ज (आईपीसीसी)को छैटौँ मूल्याङ्कन प्रतिवेदनले सन् १९८० देखि नै हरितगृह ग्यास उत्सर्जन दोब्बर भएको देखाउँछ, जसले विश्वको औसत तापक्रम कम्तीमा ०.७ डिग्रीले बढाएको छ । बदलिँदो तापक्रम र वर्षाका कारण ‘जुनोटिक’ रोगको फैलावट र वनस्पति तथा जनावरको सामूहिक मृत्युदर बढाएको छ, जसको परिणामस्वरूप जलवायु–सञ्चालित विलुप्तता, पारिस्थितीक प्रणालीमा बदली भएको छ ।

जङ्गलको आगलागीमा वृद्धि भएको छ । मानिसले नै पैदा गरेको नकारात्मक असरका कारण बाढी, खडेरी, जङ्गलमा आगलागी स्थलीय र सामुन्द्रिक तापमा वृद्धि तथा चक्रवातलगायत सामाजिक पर्यावरणीय जोखिम बढाएको छ । यी र यस्ता समस्याबाट बाहिर निस्केर यस वर्षको वातावरण दिवसको नाराले भने जस्तै केवल एउटा पृथ्वीको रक्षाका लागि संसारभरका मानिसको साझा प्रयास जरुरी छ । -रमेश लम्साल