२५ भाद्र २०८३, बिहीबार
,
Latest
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’ सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित



अ+ अ-

काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गत पहिलो खेलमा नेपालले फिलिपिन्ससँग हार ब्यहोरेको छ ।

शनिबार उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।

फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल जित निकाल्न चुक्यो ।

खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । उनले हेड मार्फत गोल गरेकी थिइन् ।

विमला ३९ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन् । 

नेपालले खेलको ९० अ‍ौं र इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल खाएको थियो ।

यस जितसँगै फिलिपिन्सले पहिलो खेलमा ३ अंक जोडेको छ । नेपालले अब अर्को खेलमा मंगलबार हङकङको सामना गर्नेछ । 

उक्त खेल जितेमा नेपाल एसियन कपका लागि छनोट सम्भावना जिवित रहनेछ । समूह विजेता सोझै एसियन कपको लागि छनोट हुने प्रावधान छ ।