१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूल्यवृद्धिको एमाले र राप्रपाद्वारा विरोध, संसदमा ल्यायो सार्वजनिक महत्वको प्रस्ताव



संसद बैठक
अ+ अ-

काठमाडौं । पेट्रोलियम पदार्थ सहितका दैनिक उपभोग्य बस्तुमा मूल्यवृद्धि हुनुमा सरकार पक्षको मूख्य भूमिका रहेको भन्दै संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सार्वजनिक महत्वमाथिको प्रस्ताव दर्ता गरेको छ ।

उक्त प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल जारी छ । छलफलमा भाग लिने नेकपा एमालेका सांसदहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गराएर सरकारले भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

छलफलमा भाग लिंदै नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले सरकारले पेट्रोलियम पदार्थमा घटाएको १० रुपैयाँ अपुग भएको भन्दै समग्र मूल्यवृद्धि फिर्ता गर्न माग गर्नु भएको छ ।

उहाँले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयमा भ्रष्टाचारको गन्ध आएको भन्दै त्यसको छानविन गर्नुपर्ने माग गर्नु भएको छ । सरकार आफैंले बनाएको कार्यविधि विपरीत हप्तामा दुई पटक जेठ १ गते र ९ गते मूल्यवृद्धि गरिएको भन्दै आपत्ति जनाउनु भयो ।

मूल्यवृद्धिको निर्णय हुन लागेको सूचना पटकपटक चुहाएको आरोप लगाउँदै सांसद सुनुवारले भन्नुभयो, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय गरिरहँदा सरकार वरिपरि रहेका, बालुवाटार वरिपरि रहेका, मन्त्री निवास वरिपरि रहेका मान्छेहरुमा सूचना अगाडि पुग्यो, त्यस कारणले डिपो रित्याएर ग्याँस सिलिण्डरहरु बजारमा आफ्ना मान्छेहरुकहाँ पुर्याइयो, पेट्रोल पम्पहरुमा पुर्याइयो र त्यसको एक मिनेटपछि मूल्यवृद्धि गरियो ।’

एमालेकै सांसदहरु कृष्णभक्त पोखरेल र गणेश कुमार पहाडीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गरी जनजीविकाको समस्या समाधान गर्न अधिकार सम्पन्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्नु भएको थियो ।

अर्थतन्त्रका प्रमुख परिसूचकहरुप्रति सरकारले यथेष्ट ध्यान पुर्याउन नसक्दा जनताको जनजीविकासँग जोडिएको खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुहरुको मूल्य वृद्धि भएको भन्दै त्यसलाई नियन्त्रणको माग गर्दै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नु भएको थियो ।

सो प्रस्तावमा सांसदहरु यज्ञराज सुनुवार, गणेश कुमार पहाडी र राप्रपाका अध्यक्ष एवं सांसद राजेन्द्र प्रसाद लिङ्देनले समर्थन गर्नु भएको थियो ।

छलफलमा भाग लिँदै सांसद दिव्यमणी राजभण्डारीले संसारभर मूल्यवृद्धि भइरहेको छ, त्यसको असर नेपालमा पनि परेको छ भन्नुभयो । उहाँले नेपालमा प्रचलन भए अनुसार पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीबाट भइरहेकै छ, र त्यो आवश्यकता अनुसार हुनुपर्ने बताउनुभयो ।

उहाँले सरकारले राजश्व छुट दिएर भए पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ, र अरु पनि घटाउन सकिने भए विचार गर्नु पर्छ भन्दै आयल निगमको व्यवस्थापन सुधार गर्नु पर्छ, कच्चा तेल किनेर ल्याएर भारतमा प्रशोधन गरेर नेपाल ल्याउन सकिने तर्फ पनि विचार गर्नु पर्दछ भन्नुभयो ।

सांसद कृष्णप्रसाद दाहालले पेट्रोलियम पदार्थको मूल्य त बढ्यो, करहरु कटौती गर्न सकिएला तर यसले मात्र जनताको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्न सक्दैन भन्नुभयो । बहुआयामिक गरिबीतर्फ गइरहेको नेपाली समाजमा राहत र व्यवस्थापन गर्न सरकारले बढी जागरुक र छिटोभन्दा छिटो काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

आयात प्रतिस्थापन गर्ने कुरा बजेटमा भनिए पनि मल, बिउ जनताले प्राप्त गर्न सक्ने वातावरण नबनेको बताउँदै उहाँले सरकारले ल्याउने रचनात्मक कार्यमा प्रतिपक्षले सहयोग गर्ने बताउनुभयो ।