३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

गाउँ पर्यटनको प्रवद्र्धनका साथ ‘अन्नपूर्ण डे’

गाउँ पर्यटनको प्रवद्र्धनका साथ ‘अन्नपूर्ण डे’
अ+ अ-

गण्डकी ।
“धोएतुल्य सफा र मोहक निकै देखिन्छ नीलाम्बर
सेतो बादल कोर्छ नील नभमा बुट्टाहरू सुन्दर ।
ढाकेको हिउँले समस्त धरती, सेताम्य पाखा वन
हाम्रो देश सुरम्य विश्वभरिको सौन्दर्यको कानन ।।”

कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता सङ्ग्रह ‘दुलही’को भूस्वर्ग नेपाल शीर्षकको कविताको यस पङ्क्तिमा भनेजस्तै नेपाल आफैँमा सुन्दर छ । मनमोहक चाँदीजस्तै टलक्क टल्केका हिमाल नेपालका पहिचान हुन् । भौगोलिक दृष्टिले सानो राष्ट्र भएर पनि सर्वोच्च शिखर सगरमाथा, हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्णजस्ता गौरवका कारण यहाँको महिमा र गरिमा संसारभर चुलिएको पाइन्छ ।

नेपाललाई विश्वमाझ चिनाउन अन्नपूर्ण प्रथम हिमालको विशिष्ट महत्व रहेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेल बताउनुहुन्छ । सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गर्नुभएको थियो । यही कारण हिमाल आरोहणको क्षेत्रमा यसलाई जेठो हिमालका रूपमा लिने गरिन्छ । जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण भएको उपलक्ष्यमा प्रत्येक वर्ष यसै दिन अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) मनाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

“टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घले प्रत्येक वर्ष अन्नपूर्ण डेलाई विभिन्न कार्यक्रमका साथ मनाउने गर्दछ”, पौडेलले भन्नुभयो, “यस वर्ष पनि ७२औँ अन्नपूर्ण आरोहण दिवस सङ्घले आज पदयात्रासँगै गाउँ पर्यटनको प्रवद्र्धन गरी मनाउन लागेको छ ।”

अन्नपूर्ण आरोहण दिवसलाई यस वर्ष जुन ३ र ४ दुईदिने कार्यक्रमका साथ पर्वतको मोदी गाउँपालिका–४ स्थित लेसपारसम्म पुगेर मनाउन लागिएको उहाँले जानकारी दिनुभयो । उक्त क्रममा जुन ३ मा पर्वतको दुर्लुङकोटबाट हलहले हुँदै लेसपारसम्म करिब चार घण्टा पदयात्रा र जुन ४ का दिन लेसपारदेखि क्याङ, बाजुङ हुँदै पातीचौरसम्म करिब पाँच घण्टाको पदयात्रा गरिने छ । पदयात्रा, गाउँ पर्यटन प्रवद्र्धनसँगै अन्नपूर्ण हिमाल र यसको पहिलो आरोहणको सम्झना गरिने पौडेलले बताउनुभयो

पहिलोपटक फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथमको उचाइ आठ हजार ९१ मिटर रहेको छ । आरोहण सफलतासँगै सन् १९५३ मे २९ तारिखमा विश्वको सर्वोच्च शिखर सगरमाथामामा सर्वप्रथम तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए । सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भएको र आरोहणका दृष्टिले कठिन भएका कारण आरोहणको सफलताले त्यति चर्चा नपाए पनि यसको गरिमा र महत्व छुट्टै रहेको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्मा बताउनुहुन्छ ।

यस वर्ष माछापुच्छ«े गाउँपालिका–१ टुसेमा विशेष कार्यक्रम आयोजना गरिएको छ । अन्नपूर्ण डेको अवसरमा सङ्घले टुसेबाट हिलेखर्क, खुमाइडाँडा, नाउजे खर्क, रानी खर्क हुँदै सेती नदीको उद्गमस्थल तीनशीरसम्मको पदमार्ग अन्वेषण गर्न लागेको शर्माले जानकारी दिनुभयो । अन्वेषण टोलीलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिदाइ गर्ने कार्यक्रम छ । अन्नपूर्ण डेकै अवसरमा टुसेमा सङ्घका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनको संयोजनमा बौद्ध परम्पराअनुसार पूजाआजा गर्ने कार्यक्रम छ ।

अन्नपूर्ण प्रथमको आरोहणसँगै सन् १९५० देखि १९६० को दशकमा पोखरामा हिप्पी पर्यटकको आगमन बढेको पाइन्छ । त्यसयतामात्रै पोखरा विदेशी पर्यटकको आकर्षणको गन्तव्य बन्दै गएको हो । टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घले प्रत्येक वर्ष अन्नपूर्ण डेमा अन्नपूर्ण हिमाल देखिने १०० वर्षभन्दा पुराना गाउँमा विभिन्न कार्यक्रम गर्ने गरेको छ । पोखराको पर्यटनसँग प्रत्यक्ष जोडिएको अन्नपूर्ण आरोहण दिवस मनाउँदै गर्दा प्राचीन महत्वका गाउँ र त्यहाँको घरबासको प्रवद्र्धन पनि सँगसँगै गरिएको छ ।

अन्नपूर्ण प्रथमको पहिलोपटक आरोहण गरेका हर्जोगकै कारण पोखरासहित अन्नपूर्ण क्षेत्रको गरिमा बढेको विषयलाई दृष्टिगत गरी अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरमा मौरिस हर्जोगको शालिक स्थापना गरेको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिनुभयो । रासस