२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन र सुनिता सिसडोलमा, स्थानीयबासीसँग छलफल



मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल सिसडोलबासी सँग फोहोर व्यवस्थापनका बारेमा छलफल गर्दै । तस्वीरः सामाजिक संजाल
अ+ अ-

काठमाडौं महानगर क्षेत्रमा केही समयदेखि फोहोर उठ्न सकेको छैन । शहरका चोक, गल्ली र मूल सडकमै फोहोरको डंगुर जताततै देख्न सकिन्छ ।

महानगरपालिकाले फोहोरको व्यवस्थापन गर्न नसकेको आक्रोस चुलिँदै गएसँगै महानगरको नयाँ नेतृत्व यसै विषयमा बढी केन्द्रित भएको छ । फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोल सिसडोल पुग्नु भएको छ ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययन गर्न सिसडोल गएको उपप्रमुख डंगोलको भनाइ छ ।

यसअघि पनि प्रमुख साह चुनाव जितेलगत्तै सिसडोल जानु भएको थियो । त्यसबखत साहले फोहोरको दिगो व्यवस्थापनमा सरकारी पहल र प्रयास अत्यन्तै जोखिमपूर्ण र बेवास्ता गरिएको भनाइ राख्नु भएको थियो । प्रमुख साह र उपप्रमुख डंगोल एकैसाथ सिसडोल पुगेको यो पहिलो पटक हो ।

डम्पिङ साइटका कारण निकै समस्या झेल्नुपरेको भन्दै सिसडोलबासी समय समयमा आन्दोलित हुने गरेका छन् ।