२५ भाद्र २०८३, बिहीबार
,
Latest
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’ सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा थप ४६ जनामा सङ्क्रमण, एकको मृत्यु



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज थप ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९२७  जनाको नमूना परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

छयालीसमध्ये ४४ जनामा पीसीआर र  दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर  विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा ३८ र   डडेल्धुरा अस्पतालमा  छ  जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा दुई जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर १९ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको पुर्नवास नगरपालिकाका ५० वर्षीय पुरुष रहेका छन् । यसअघि शुक्रबार सुदूरपश्चिमका ३० जनामा  सङ्क्रमण पुष्टि हुँदा १८ डिस्चार्ज भएका थिए ।