७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

‘कालीगण्डकी’माथि सय कविता

‘कालीगण्डकी’माथि सय कविता
अ+ अ-

– रामबहादुर थापा
बागलुङ । मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकी संरक्षणका पक्षमा थालिएको कविता शृङ्खला ‘नदी सप्तक’ एक सयौँ भागसम्म आइपुगेको छ । तेह्रथुमका कवि सरोज ओलीको ‘म कालीगण्डकी नागबेली बग्छु’ कवितासँगै ‘नदी सप्तक’ले सतक शृङ्खला पार गरेको हो ।

‘कालीगण्डकी बचाऔँ अभियान’ले पर्यावरणको मुद्दामा सर्जकहरुको एक्यबद्धता खोज्न गत वर्षदेखि कविता शृृङ्खला सुरु गरेको थियो ।

दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘कालीगण्डकी’ कविताबाट आरम्भ गरिएको उक्त शृङ्खलामा देशभरबाट कवि जोडिएका छन् । कालीगण्डकीको महिमागानदेखि मानवीय अतिक्रमण झेलिरहेको नदीको चित्कारसम्मलाई उनीहरुले आफ्ना रचनामा मुखरित गरेका छन् ।

‘नदी सप्तक’को एक सयौँ कविता ‘म कालीगण्डकी नागबेली बग्छु’ मा कवि ओली लेख्नुहुन्छ–

‘मान्छेसित मिलेर
मान्छेसितै म मान्छेलाई भेट्न जाँदैछु
कता हो बाटो र?
मान्छेलाई भेट्ने र?
म कहिले बेगिँदै, कहिले सुस्ताउँदै
कहिले हतारिँदै, कहिले स्थिर हुँदै
पत्तो नलागेको मान्छेको
हृदयलाई छुन संवेदनशील
म कालीगण्डकी नागबेली बग्छु।।।’

हिमालय सभ्यतासँग जोडिएको पवित्र नदी कालीगण्डकीको संरक्षणका लागि सङ्घर्षरत अभियानले सिर्जनाकामार्फत रचनात्मक दबाब बढाउन कविता शृङ्खला चलाइरहेको छ । नदीमाथि लेखिएका रचनालाई ‘पोस्टर कविता’का रुपमा अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्ध रुपमा सम्प्रेषण गरिँदै आएको अभियानकर्मी आरके अदिप्त गिरीले बताउनुभयो ।

“आन्दोलन कविताका रुपमा यो अगाडि बढिरहेको छ, कालीगण्डकीमा चलिरहेको क्रुर दोहनको विरोधका लागि हामीले काव्यको सहारा लिएका हौँ”, उहाँले भन्नुभयो । सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खननमा रोक लगाए पनि कालीगण्डकीमा दोहनको अवैध धन्दा मच्चिनै रहेको छ । मङ्गलबार राति मात्रै प्रहरीले बागलुङ नगरपालिका–१ स्थित कालीगण्डकी किनारबाट गिट्टीबालुवा झिकिरहेको अवस्थामा तीन ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो ।

नदीको अस्तित्वनै सङ्कटमा पर्ने गरी भइरहेको मनलाग्दी दोहनका विरुद्ध सबैले बोल्ने बेला आएको अभियानकर्मी गिरीले बताउनुभयो । प्रकृति, पर्यावरण र सम्पदा संरक्षणमा हरेक पक्ष जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ । अभियानकर्मी गिरीले अनेक आयामबाट कालीगण्डकीमाथि कविता लेखिएको सुनाउनुभयो । “कुनै कवितामा नदीको वैभव, कुनैमा सङ्कट, दुःख, बेदना र सर्जकको आक्रोस छ”, उहाँले भन्नुभयो, “नदी र पर्यावरण संरक्षणका पक्षमा कविहरुले सचेत आवाज दिएका छन् ।” ठिक यही भावसहित हेटौँडाका कवि साम्ब ढकाल पनि ‘नदी सप्तक’ कविता शृङ्खलामा सामेल हुुनुभएको छ ।

‘हेरहेर तिम्रा पूर्खाको सभ्यता कहाँबाट सुरु भयो
बुझबुझ तिमी यहाँसम्म आइपुगेको
कुनकुन नदी तर्दै हो र?’

कवि ढकालले ‘नदी भञ्जकहरुका नाममा’ कवितामार्फत गरेको प्रश्न हो यो । उहाँ सोध्नुहुन्छ,–

‘नदीमाथि हुर्केको नदी सभ्यता बेमाख पार्दै
आज नदी भञ्जकहरुले विजयोत्वस मनाइरहेछन्

नदी भञ्जकहरुलाई एउटा यक्ष प्रश्न
के नदी सकिँदा तिमीहरुचाहिँ बाँच्छौ र ?’

नदी सङ्कटको सजिव वर्णन यसमा छ । कालीगण्डकीमाथि दोहनचक्र चलाउनेहरुका निम्ति यो एउटा प्रतिरोधी कविता हो । बागलुङका कवि गोविन्द सुवेदी भने पद्य शैलीको ‘सुन्दरी कृष्णागण्डकी’ कवितामार्फत ‘नदी सप्तक’मा जोडिनुभयो ।

‘जसको काखमा बस्दा माताको स्नेह मिल्दछ
सेवा गरे उनैलाई पुण्यको फल लाग्दछ
स्वयंमा तीर्थ हुन् काली झन् अरु लाभ छन् कति
हरिकी जननी यस्ती सुन्दरी कृष्णागण्डकी।।।’

अभियानका अनुसार कविता शृङ्खला निरन्तर चल्नेछ । पछि प्रतिनिधि कविका रचनालाई ‘नदी सप्तक’ कृतिमा सङ्ग्रहित गरिनेछ । स्रष्टाका आवाजलाई राज्ययन्त्र र नदी दोहनकारीसम्म पु¥याउनु कविता शृङ्खलाको उद्देश्य रहेको अभियानकर्मीले जनाएका छन् । ‘नदी सप्तक’ सुरु हुनुअघि अभियानले खुलारुपमा कविता आह्वान गरेको थियो । कालीगण्डकीमाथि लेखिएका कविता, गीत बौद्धिक सम्पत्तिकारुपमा भावी पुस्तासम्म बाँचिरहने अभियानकर्मी गिरीले बताउनुभयो ।

अभियानले यसअघि ‘ए कालीगण्डकी।।।’ बोलको गीत पनि सार्वजनिक गरिसकेको छ । प्रसिद्ध कवि श्रवण मुकारुङको रचना र सङ्गीतमा तयार भएको उक्त गीतमा लोकप्रिय गायक कर्ण दासको स्वर छ । यहाँका पर्यावरणप्रेमी युवा मिलेर डेढ वर्षअघि ‘कालीगण्डकी बचाऔँ अभियान’ सुरु गरेका थिए । नदीजन्य पदार्थ उत्खननका नाममा कालीगण्डकीमाथि चलिरहेको अवैध दोहन रोकिनुपर्ने उनीहरुको माग छ ।

अनियन्त्रित दोहन नरोकिने हो भने नदीको अस्तित्व नै नामेट हुने खतरा रहेको अधिवक्ता राम शर्माले बताउनुभयो । उहाँले कालीगण्डकी संरक्षणको मुद्दामा लामो समयदेखि पैरवी गर्दै आउनुभएको छ । “मैले नै दिएको निवदेनमा सर्वोच्चले नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको छ”, उहाँले भन्नुभयो, “स्थानीय तह, प्रहरी प्रशासनलगायत राज्यका निकायले चाहे भने मनपरी ढङ्गले भइरहेको दोहन रोक्न सक्छन् ।”

उहाँले नदीजन्य पदार्थ उत्खननका लागि जोखिम नभएका ठाउँ पहिचान गर्ने, तोकिएको मात्रामा उत्खनन गर्ने, व्यवसायीलाई अनिवार्य करको दायरामा ल्याउने आदि गरेमा उत्खनन केही व्यवस्थित हुनसक्ने धारणा राख्नुभयो । “नदीबाट गिट्टीबालुवा झिक्नै नपाउने कुरा व्यवहारिक नहुन सक्छ, तर उत्खननलाई व्यवस्थित बनाउनुप¥र्यो, राज्यले कानुनी प्रबन्ध त्यही अनुसार गर्नुप¥र्यो”, अधिवक्ता शर्माले भन्नुभयो । पारिस्थितिक प्रणालीमै धक्का पुग्ने गरी मनपरी किसिमबाट दोहन भइरहे मानवजाति र प्रकृतिमाथि नै सङ्कट निम्तने उहाँको भनाइ छ ।

अभियानकर्मी गिरीले भने गिट्टी, बालुवाका लागि खानीको विकास गर्नुपर्ने र ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न सकिने विचार राख्नुभयो ।

ठूला यन्त्र, उपकरणको सहायतामा भइरहेको दोहनका कारण वर्सेनि नदी ‘बिरुप’ बन्दै गएको छ । अप्राकृतिक दोहनकै कारण वर्षात्मा नदीको धारपरिर्वतन हुँदा बाढीलगायतका विपद् निम्तिइरहेका छन् । कालीगण्डकी किनारमा बसोबास गर्ने लाखौँ मानिसको थातथलो र जीविका सङ्कटमा देखिँदै गएको छ ।

कालीगण्डकी नदीमा मात्र पाइने विष्णु भगवानका रुपमा पूजिने दुर्लभ शालिग्राम शिला लोप हुने जोखिम पनि उत्तिकै बढेको छ । मुक्तिनाथदेखि देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत सङ्कटतिर धकेलिएका छन् । हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकीसँग आफ्नै प्राचीन सभ्यता छ । यससँग जोडिएको हिमालय सभ्यताको पौराणिक तथा धार्मिक साहित्यमा चर्चा गरिएको पाइन्छ ।

कालीगण्डकी क्षेत्रका फाँटमा प्राचीनकालदेखि नै सांस्कृतिक गतिविधि हुने गरेको विभिन्न धर्मग्रन्थहरुमा उल्लेख छ । चिनियाँहरुले रेशम व्यापारका क्रममा हिमालय भञ्ज्याङ पार गरी कालीगण्डकीको किनारै किनार पोखरा, पाल्पा, तानसेन, लुम्बिनी हुँदै भारतसम्मको यात्रा गरेको बताइन्छ ।

कालीगण्डकी नदीलाई विश्व सम्पदामा सूचीकृत गर्नुपर्ने आवाज पनि बेलाबेला उठ्ने गरेको छ । हालै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी साँस्कृतिक महत्वको कालीगण्डकीलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल लिन आग्रह गर्नुभएको छ ।