१७ असार २०८३, बुधबार
,
Latest
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमेडी च्याम्पियन सिजन २ को उपाधी ताप्लेजुङका भरतमणिलाई



अ+ अ-

काठमाडौं । हाँस्य रियालिटी शो कमेडी च्याम्पियन सिजन २ को उपाधी ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । दर्शकको भोटको आधारमा  पौडेल बिजयी भएका हुन् । उनले एउटा कार , नगद २५ लाख सहित बिभिन्न पुरस्कार हात पारेका छन् ।   यसै गरी सिक्किमका विक्की अग्रवालल दोश्रो हुनु भएको छ ।

 विक्कीले मोटरसाईकल सहित अन्य उपहार हरु प्राप्त गरेका छन् ।  यसै गरी गोरखाका सन्तोष थापा तेश्रो भएका छन् । थापाले स्कुटर सहित अन्य पुरस्कार हात पारेका छन् । कमेडी च्याम्पियन सिजन २  कान्तिपुर टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।

बिजेता भरतमणि शोमा बिभिन्न उत्कृष्ट प्रस्तुति दिँदै ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका हुन्, भने विक्की र सन्तोष प्रस्तुति र दर्शकको भोटिङले फाइनलसम्मको यात्रा गरेका हुन् । सो को निर्णायकमा बरिष्ठ हास्य कलाकार, सन्तोष पन्त , मनोज गजुरेल , नायीका ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई रहनु भएको थियो ।