७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

बागलुङका स्थानीय तहको बजेट रु ४७ करोडले बढ्यो

बागलुङका स्थानीय तहको बजेट रु ४७ करोडले बढ्यो
अ+ अ-

– खेमराज गौतम
गलकोट । बागलुङका स्थानीय तहको बजेट रु ४७ करोडले बढेको छ । बागलुङ जिल्लाका १० स्थानीय तहका लागि सङ्घीय सरकारले आगमी वर्षका लागि रु ४७ करोड बजेट बढाएर पढाएको हो ।

चालू आवको तुलनामा आगमी आवका लागि नौ पालिकाको बजेट बढाइएको हो भने भने एक पालिकामा बजेट घटेको छ । जिल्लाको काठेखोला गाउँपालिकाको बाहेक सबै पालिकाको बजेट बढेर आउने भएको हो ।

आगमी आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन गरेको छ । जुन चालू आवको तुलनामा रु ४७ करोड बढी हो । बजेट बढेपछि यहाँका पालिकालेसमेत बजेट बढाएर योजना तथा कार्यक्रम ल्याउने योजनामा जुटेका छन् । सङ्घीय मात्रै हैन प्रदेशको बजेटसमेत चालू वर्षको तुलनामा बढेर आउने देखिन्छ ।

यस्तै स्थानीय तहलेसमेत आन्तरिक आम्दानीलाई बढाउँदै गएका छन् । उनीहरुले करको दायरा बढाउँदै आन्तरिक आम्दानी बढाउँदा बागलुङका पालिकाको बजेट उकालो लाग्ने देखिन्छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेटको बाँडफाँट गर्दा चालू आवको तुलनामा आगामी आवको बजेट बढाइएको हो । चालू आवका लागि सङ्घीय सरकारबाट यहाँका दश स्थानीय तहलाई रु तीन अर्ब ८७ करोड ७५ लाख बजेट प्राप्त भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७७/७८ मा सङ्घीय सरकारले बागलुङलाई रु तीन अर्ब ५७ करोड ९८ लाख बजेट विनियोजित गरेको थियो । जिल्ला आउने सङ्घीय सरकारको बजेट विस्तारै बढेर आउन थालेको देखिन्छ । बागलुङ नगरको सबैभन्दा बढी रु १० करोड बजेट चालूको तुलनामा बढेर आएको छ ।

स्थानीय तहले सङ्घीय बजेट आइसेपछि प्रदेशको बजेटमा योजना छनोट र प्रदेशले बजेट विनियोजन गरेपछि आफ्नो बजेट निर्माणमा जुट्ने छन् । अहिले पालिकाले वडा तहबाटै टोल भेला गरेर बजेटका लागि योजना तथा कार्यक्रम माग्दै आएका छन् ।

बागलुङका लागि चालु आवको बजेटभन्दा आगामी आवका लागि रु ४७ करोड ६ लाख बजेट बढेर आएको अर्थ मन्त्रालयले जनाएको छ । उक्त नगरलाई आगामी आवका लागि रु ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको हो । बागलुङमा चालू आवमा सङ्घीय सरकारको बजेट रु ७४ करोड ७२ लाख बजेट प्राप्त भएको थियो । चालू आवको तुलनामा आगामी आवमा बागलुङको बजेट रु १० करोड ५३ लाख बढी बजेट बिनियोजन भएको छ ।

यस्तै गलकोट नगरपालिकालाई आगामी आवका लागि रु ५१ करोड एक लाख बजेट विनियोजन भएको छ । उक्त नगरका लागि चालू आवमा रु ४७ करोड ४८ लाख बजेट विनियोजन भएको थियो । चालू आवको तुलनामा गलकोटको बजेट रु चार करोड ३७ लाख बढेर बजेट बढाइएको हो ।

यस्तै जैमिनी नगरमा आगामी आवका लागि रु ५२ करोड २४ लाख बजेट बिनियोजन भएको छ । उक्त नगरमा चालू आवमा सङ्घीय सरकारबाट रु ४९ करोड ५७ लाख प्राप्त भएको थियो । आगामी आवमा सङ्घीय सरकारबाट यस नगरलाई रु दुई करोड ६७ लाख बजेट बढेको हो ।

त्यस्तै ढोरपाटन नगरमा आगामी आवका लागि रु ३७ करोड एक लाख बजेट विनियोजन भएको छ । चालू आवमा सोही पालिकामा रु ३२ करोड ७० लाख विनियोजन भएको थियो । जुन गत वर्षको तुलनामा रु चार करोड ३१ लाख रकम बढी हो ।

यसैगरि काठेखोला गाउँपालिकालाई आगामी आवका लागि रु ३९ करोड ७६ लाख बजेट विनियोजन भएको छ । उक्त पालिकाको चालू आवमा सङ्घीय सरकारले रु ४१ करोड ५८ बजेट विनियोजन गरेको छ । यस गाउँपालिकामा चालू आवको तुलनामा आगामी आवमा रु एक करोड ८२ लाख बजेट घटेर आएको छ ।

यस्तै बडिगाड गाउँपालिकालाई आगामी वर्षका लागि रु ४८ करोड चार लाख बजेट विनियोजन भएको छ । यसलाई चालू आवमा रु ४४ करोड ६ लाख बजेट बिनियोजन भएको थियो । चालू आवको तुलनामा उक्त गाउँपालिकाको आगामी बजेट रु तीन करोड ८० लाख बजेट बढेको हो ।

यस्तै निसीखोला गाउँपालिकालाई आगामी आवमा रु ३३ करोड १२ लाख बजेट विनियोजन भएको छ । यहाँ चालू आवमा रु २८ करोड ८३ लाख बजेट आएको थियो । चालूको तुलनामा आगामी वर्षको बजेटमा रु चार करोड २९ लाख बढी बजेट प्राप्त भएको छ ।

बरेङ गाउँपालिकालाई आगामी वर्षका लागि रु ३० करोड पाँच लाख बजेट प्राप्त हुने भएको छ । उक्त पालिकाको चालू आवमा रु २५ करोड ९८ लाख बजेट प्राप्त भएको थियो । चालू आवको तुलनामा आगामी बर्ष यस गाउँपालिकाको बजेट रु चार करोड सात लाख बजेट बढ्ने भएको हो ।

यस्तै ताराखोला गाउँपालिकालाई आगामी वर्षका लागि रु २६ करोड ४३ लाख र तमानखोला गाउँपालिकालाई रु २१ करोड ९० लाख बजेट विनियोजन गरिएको छ । चालू आवमा ताराखोलालाई रु २४ करोड ९२ लाख र तमानखोलालाई रु १७ करोड ९१ लाख बजेट विनियोजन भएको थियो ।

चालू आवको तुलनामा आगामी आवमा ताराखोलाको र तमानखोला गाउँपालिकाको बजेट बढाएको छ । ताराखोलामा चालू बजेटको तुलनामा रु एक करोड ५१ लाख बजेट बढेको हो भने तमानखोलाको बजेट रु तीन करोड ९९ लाख बढेर आउने भएको छ ।

पालिकाले उक्त बजेटमा प्रदेशले दिएको बजेट थपेर स्थानीय आम्दानीलाई जोडेर बजेट बनाउने छन् ।