• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने

राजस्थानी बैंक म्यानेजरको बैंक भित्रै पसेर हत्या



symbolic photo

एजेन्सी । कश्मीरमा आतंकवादीहरूले अर्को लक्षित हत्या गरेका छन् । राजस्थानबासी एक बैंक म्यानेजरको कुलगाममा बिहीबार बैंकमा प्रवेश गरेपछि गोली हानी हत्या गरिएको हो ।

तीन दिनअघि कुलगाममा नै एक शिक्षकको गोली हानी हत्या गरिएको थियो ।

विजय कुमारलाई मोहनपोरा शाखामा आतंककारीले गोली हानेको स्थानीय देहती बैंकका अधिकारीले बताएका छन् ।

गम्भीर अवस्थामा उनलाई अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको हो । आतंककारीहरुको खोजीमा खोजी अभियान चलिरहेको छ ।