२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डपत्नी सीतालाई उच्च पदक



अ+ अ-

काठमाडौं । सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नि सिता दाहाललाई पदकले सम्मान गरिने भएको छ । सरकारले अध्यक्ष प्रचण्डकी धर्मपत्निलाई सर्वोच्चका न्यायाधीशहरु सरहको प्रबल जनसेवाश्री पदक दिइएको हो । 

यस्तै प्रतिनिधिसभा विघटनको मुद्दामा शेरबहादुर देउवाको तर्फबाट बहस गर्ने सबै कानून व्यवसायीहरुले पदक पाएका छन् ।

प्रधानमन्त्री देउवाको तर्फबाट बहस गर्ने बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी र पदम रोक्काले पनि प्रबल जनसेवाश्री पाएका हुन् ।

यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणी र न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्वल कीर्तिमय राष्ट्रद्वीप पदकबाट विभूषित गरिने भएको छ ।

सर्वोच्चका न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीलाई प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ । पहिलो पटक प्रतिनिधिसभा विघटनको मुद्धालाई बदर गर्ने सबै न्यायाधीशहरु विभूषित हुने भएका हुन् ।