३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

बन्दीपुरको सामुदायिक घरबासमा पर्यटकको चहलपहल बढ्दै

बन्दीपुरको सामुदायिक घरबासमा पर्यटकको चहलपहल बढ्दै
अ+ अ-

दमौली । तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।

कोभिड–१९ को जोखिम घटेपछि बन्दीपुरमा सञ्चालित सामुदायिक घरबासमा पर्यटकको चहलपहल बढेको बन्दीपुर सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी रानाले बताउनुभयो । “कोभिड–१९ को सङ्क्रमणका कारण लामो समय बन्दीपुरको पर्यटन ठप्पै भयो,” उहाँले भन्नुभयो, “अहिले जनजीवन सामान्य बनेपछि बन्दीपुर घुम्न आउनेको सङ्ख्या क्रमश बढिरहेको छ ।” बन्दीपुर आउने अधिकांश पर्यटक घरबासमा बस्न रुचाउने गरेको उहाँले बताउनुभयो ।

अन्य दिनको तुलनामा शुक्रबार र शनिबार घरबासमा बस्न आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको हो । “ती दिनमा हामीलाई पाहुना स्वागत गर्न भ्याइनभ्याइ हुन्छ, उहाँहरुको स्वागतार्थ पूर्वतयारी गर्नुपर्ने पनि हुन्छ” रानाले भन्नुभयो । उहाँका अनुसार एकदिन मात्रै घरबासमा बस्ने गरेर आएका पर्यटक एकदिन मात्रै नभइ दोस्रो दिन पनि बस्ने गरेका छन् । “एक दिन मात्रै बस्दा रहर पुगेन भनेर अर्को दिन पनि बस्नुहुने पर्यटकको सङ्ख्या पनि धेरै नै छ,” उहाँले भन्नुभयो ।

घरबासमा बस्ने पर्यटकलाई बेलुकाको समयमा स्वागत र जाने बेलामा बिदाइ गर्ने गरिएको छ । “घरबासमा बस्दा पाहुनाहरुले पारिवारिक वातावरणमा बसेको जस्तो अनुभूति भएको हामीलाई प्रतिक्रिया दिनुहुन्छ, होटलमा बस्दा त्यस्तो अनुभव गर्न सायद पाउनुहुँदैन,” उहाँले भन्नुभयो ।

बन्दीपुर सामुदायिक घरबास व्यवस्थापन समितिका पूर्व अध्यक्ष राजु बानियाँका अनुसार पर्यटकीय मौसमका बेलामा घरबासमा थेग्नै नसकिने भीड हुन्छ । बेमौसममा पनि समूह–समूहमा पाहुना आउने गरेको उहाँले बताउनुभयो । “समूहमा आउने पर्यटकलाई यहाँका सबै घरबासमा मिलाएर राख्ने व्यवस्था मिलाइन्छ,” उहाँले भन्नुभयो ।

यहाँ बन्दीपुर सामुदायिक घरबास, मोहोरिया घरबास र विन्ध्यावासिनी घरबास सञ्चालित छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरमा सञ्चालित घरबासले पर्यटक आकर्षित गरेको बताउनुभयो । “बन्दीपुरको पर्यटन प्रबद्र्धनका लागि घरबासले पनि महत्वपूर्ण भूमिका निभाउँदै आएका छन्,” उहाँले भन्नुभयो ।

पोखराबाट घरबासमा बास बस्न आउनुभएका हरि पौडेलले घरबासको आतिथ्यता र सत्कार देखेर खुशी लागेको बताउनुभयो । बन्दीपुरमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिनुभयो ।

बन्दीपुर गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य पनि हो । यहाँबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यको रुपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर दूरीको डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि पर्यटकीय बन्दीपुर पुगिन्छ । १८औँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरुले भक्तपुरे शैलीमा घर र ढुङ्गा विछ्याइएको बाटो निर्माण गरेका थिए ।

बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेलीशैली झल्किने गरी घर बनाउन निषेध गरेको छ । रासस