• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्रीको सम्पत्तिः ८० तोला सुन, दुइटा बैंकमा एक लाख १० हजार रुपैयाँ ★   पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम ★   कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ? ★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति ★   एक घण्टामा १ हजार १२३ रूखहरूलाई अँगालो हालेर विश्व कीर्तिमान ★   कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने ★   दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित ★   कानुनअनुसार हुने हरेक अनुसन्धानमा सहयोग गर्न तयार छु – कान्तिपुर अध्यक्ष सिरोहिया ★   राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता ★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ?

सेल्टर नेपालले कैदीबन्दीका लागि फुटबल कार्यक्रम गर्ने



काठमाडौँ । सेल्टर नेपालको आयोजनमा केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबलसम्बन्धि कार्यक्रम हुने भएको छ । सेल्टर नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रिजन फुटबल रिहाबीलिटेसन थु्र फुटबल नामक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइयोे ।

आयोजकका अध्यक्ष खुश्बु ओलीले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । कारागारका कैदीबन्दीले सजाय भुक्तान गरिसकेपछि पुन गलत बाटोमा नजाउन र उनीहरुमा सामाजिककार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष ओलीले बताउनुभयो ।

उक्त कार्यक्रम यही जेठ २२ गतेदेखि सुरु हुनेछ । यो कार्यक्रम एक वर्षभित्र दुई चरणमा सञ्चालन हुनेछन् । यो कार्यक्रमबाट एक वर्षभित्र कूल ४८ खेलाडी तथा ३२ जना प्रशिक्षक र रेफ्री प्रशिक्षण गर्ने कार्यक्रम छ ।

पहिलोचरण जुनदेखि नोभेम्बर ३० तारिखसम्म सञ्चालन हुनेछ । यस चरणमा २४ खेलाडी तथा १६ प्रशिक्षक र रेफ्री उत्पादन गर्ने योजना रहेको छ । यो प्रशिक्षणका लागि प्राविधिक सहयोगमा केन्द्रीय कारागार प्रशासनले छनोट गर्नेछ ।

दोस्रो चरणको प्रशिक्षण डिसेम्बर १ देखि आगामी वर्षको मे १ मा सकिनेछ ।