४ पुष २०८२, शुक्रबार
,
Latest
कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान अनलाइन घोटालाविरुद्ध वैश्विक पहल कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन इयुको ९० अर्ब युरो सहयोग सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय चर्चित गायक केकेको निधन



अ+ अ-

एजेन्सी । भारतीय चर्चित गायक केकेको मे ३१ राति १० बजे निधन भएको छ । केके कन्सर्ट गर्न कोलकाता पुगेका थिए तर कन्सर्ट लगत्तै होटलमा उनको स्वास्थ्य बिग्रियो ।

उनलाई टोलीले अस्पताल पुर्याएको थियो तर अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको थियो ।

५३ वर्षीय गायकले आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट आफ्नो कन्सर्टका केही झलक शेयर गरेका थिए । कोलकाताको नजरुल मञ्चमा प्रस्तुति दिएपछि केके होटल एस्प्लेनेड पुगे ।

केके सिँढी नजिकै बेहोस हुँदा, उनलाई तुरुन्तै कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगियो, जहाँ डाक्टरले उनलाई मृत घोषित गरे । गायकको मृत्युको कारण हृदयघात भएको बताइएको छ ।

केकेको निधनको खबर आउने बित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर ह्यान्डल मार्फत शोक व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘केके नामबाट चर्चित गायक कृष्णकुमार कुननाथको असामयिक निधनले दुःखी छु । उहाँका गीतहरूले सबै उमेरका मानिसहरूलाई जोड्ने भावनाहरूको दायरालाई चित्रण गरेको छ । उहाँका गीतहरूबाट उहाँलाई हामी सधैं सम्झिरहनेछौं । उहाँका परिवार र फ्यानहरूलाई समवेदना । ओम शान्ति ।’