७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी

वर्षायाम सुरु भएसँगै ग्रामीण सडक व्यवस्थित नहुँदा नागरिकलाई सास्ती

वर्षायाम सुरु भएसँगै ग्रामीण सडक व्यवस्थित नहुँदा नागरिकलाई सास्ती
अ+ अ-

उदयपुर । जिल्लाको पहाडी क्षेत्रका पालिका तथा गाउँ जोड्ने ग्रामीण सडक अहिलेसम्म पनि ब्यवस्थित नहुँदा बर्षायाममा स्थानीयले निकै सास्ती खेप्नुपरेको छ । बर्षौँदेखि उही अवस्थामा रहेका ती सडक ग्राभेलिङ, कालोपत्र हुन नसक्दा वर्षायाम सुरु भएसँगै पुनःग्रामीण भेगका नागरिकले दुःखकष्ट भोग्न परेको हो ।

जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, बराह, ताम्लीछा, बासबोटे, माझखर्क तथा जाँते जोड्ने ग्रामीण सडक अहिलेसम्म पनि व्यवस्थित हुन सेकका छैनन् । यस क्षेत्रमा वर्षायाममा पानी पर्नासाथ सडक भत्कने अव्यविस्थत हुँदा यातायात सञ्चालनमा समस्या हुन थालेको यस क्षेत्रका स्थानीय तथा यातायात व्यवसायीको गुनासो छ ।

जिल्लाको रौतामाई गाउँपालिकाको भुटार, रौता, मुर्कुची, डिल्लीबर पूवाँरे, डुम्रीखर्क, नामन्त तथा उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा, तावाश्री, बर्रे खण्डका ग्रामीण सडक र ताप्ली गाउँपालिकाको पिपलभन्ज्याङ, रुपाटार, ठानागाउँ नूनथला राउतखर्क सडकखण्डमा अहिले वर्षायाम सुरु हुनासाथ यातायातका साधन सञ्चालनमा अवरोध हुन थालेको छ ।

लामो समयदेखि निर्माण भएको कच्ची सडक व्यवस्थित हुन नसक्दा यातायात सञ्चालनमा समस्या हुन थालेपछि यी ग्रामीण भेगका स्थानीयले निकै सास्ती खेप्नुपरेको ताप्ली गाउँपालिका–३ पिपल भञ्ज्याङका दीप हमाल बताउनुहुन्छ ।

जिल्लाको सदरमुकाम गाईघाट हुँदै रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे, डिल्लीबर भएर माझखर्क हुँदै लिमचुङबुङ गाउँपालिका जोड्ने ग्रामीण सडक वर्षायाम सुरुसँगै वर्षाले भत्काउन थालेपछि अहिले यातायात सञ्चालन कठिन बन्न थालेको मुर्कुचीका यातायात व्यवसायी होमबहादुर मगर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मुर्कुची,–डिल्लीबर–माझखर्क–लिम्चुङबुङ जोड्ने ग्रामीण सडकखण्ड आजभन्दा दशवर्ष अघिनै कच्ची सडकको रुपमा निर्माण भएको हो, हिउँदमा यातायात सञ्चालन गर्न अलिक सहज भए पनि वर्षा लाग्नासाथ गाडी गुडाउन ज्यानको जोखिम मोल्नुपर्छ ।”

अहिले दैनिक वर्षा हुन थालेका कारण यी क्षेत्रका सडक भत्कने र खाल्डापर्ने हुन थालेपछि सामान ढुवानी गरेर यी सडकखण्डमा यातायात सुचारु गर्न कठिनाई हुन थालेको यातायात व्यवसायी बताउँछन् । जिल्लाको पहाडी क्षेत्रका अधिकांस सडकखण्ड व्यवस्थित हुन नसक्दा वर्षा लाग्नासाथ गाउँलेहरुले अन्यत्र आवागमन तथा समान ढुवानी गर्न कठिनाई हुने गरेका कारण आफूहरुले कठिनाई भोग्नुपर्ने अवस्था सुरु भएको रौतामाई इनामेका पासाङ शेर्पाको गुनासो छ ।

लिम्चुङबुङ गाउँपालिका माझखर्क सातदोबाटेका फुर्बा शेर्पाको पनि गुनासो उस्तै छ । “अब वर्षायामको जेठ महिनादेखि कात्तिक महिनासम्म झण्डै ६ महिना जिल्लाको माथिल्लो पहाडी भेगका हामीले सडक व्यवस्थापनको अभावमा कष्टकर जीवन बिताउनुपर्ने बेला आयो”, उहाँले भन्नुभयो ।

बर्षा लाग्नासाथ अब पैदल हिँडेर अन्यत्र जानुपर्ने समान ढुवानी गर्दा पनि हिँडेर दिनभरिको बाटोमा आवतजावत गर्नपर्ने बाध्यताको कारण वर्षा लाग्नासाथ आफूहरुले कष्टभोग्न पर्ने दिन आउने गरेको सातदोबाटेको दुर्गा राई बताउनुहुन्छ । उहाँले जबसम्म आफूहरु बसोबास गरेको ग्रामीण भेगका सडक व्यवस्थित हुँदैनन्, तबसम्म आफू यसरी नै कष्टकर जीवन बाच्न बाध्य हुनु परेको गुनासो गुनासो गर्नुभयो ।

माझखर्कका फुर्बादोर्जी शेर्पाका अनुसार वर्षा लाग्नासाथ कहिलेकाँही गाउँमा कोही बिरामी भइहाले जिल्ला अस्पताल गाईघाटसम्म पु¥याउन दुई दिनसम्मको बाटोमा बोकेर रौताको मुर्कुची बजारसम्म बिरामी झार्नपर्ने अवस्था रहेको छ ।

दशकअघि निर्माण गरिएका जिल्लाको पहाडी भेगको अधिकांश कच्ची सडक वर्षायाममा आकाशे पानीले सडक भत्काउने, खाल्डा बनाउने र पहिरोको कारण पुरिने जस्ता गतिविधि हुने गरेको छ । तर यी ग्रामीण भेगका सडकमा हिउँदयाममा जेनतेन यातायताका साधन सुचारु भए पनि वर्षा लाग्नासाथ सञ्चालन गर्न समस्या हुँदा यी पहाडी क्षेत्रका जनताले सास्ती भोग्न परेको हो ।

लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पालिकाका विभिन्न सडक व्यवस्थापन र बिजुलीको नै मुख्य समस्या रहेकाले चालु आर्थिक बर्ष बजेट र आउँदो बर्षको वर्षको बजेट व्यवस्थापनबाट गाउँपालिकाका अधिकांश ग्रामीण सडक कुनै हालतमा पनि व्यवस्थित गरेरै छाड्ने अठोट लिएको बताउनुभयो ।

रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरका अनुसार आफूहरुको पालिकाको पहिलो प्राथमिकता ग्रामीण सडक व्यवस्थापनै हो । रौता, मुर्कुची, पुवारे सडक र भुटार रौता ग्रामीण सडकमा यसपटकको बजेटबाटनै ग्राभेलिङ र नाला निर्माणको कामलाई पहिलो प्राथमिकता दिने उहाँले बताउनुभयो ।

यस्तै उदयपुरगढी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मानबहादुर मगर र ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले पनि यसै आर्थिक वर्षको बजेटबाटनै ग्रामीण सडक व्यवस्थापनलाई प्रमुखरुपमा प्राथमिकता दिने बताउनुभएको छ ।

उदयपुरको पहाडी क्षेत्रका स्थानीय तहका ग्रामीण कच्ची सडक अझैसम्म पनि व्यवस्थित हुन नसक्दा वर्षा लाग्नासाथ सडक भत्कने, पहिरो जाने, खाल्डा पर्ने र यातायातका साधन सुचारु हुन नसक्दा बन्द हुन थालेको कारण ग्रामीण भेगका जनताले बर्सेनि कष्टकर जीवन बिताउँदै आएका छन् । रासस