२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरसभाको बैठक लाइभ गर्ने मेयर बालेन साहको पहिलो निर्णय



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन) ले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । महानगरपालिकाको निर्वाचनका बेला आफू विजयी भए नगरसभाको बैठक लाइभ गर्ने बताउँदै आएका साहले पद तथा गोपनीयताको सपथ लिएलगत्तै बसेको पहिलो बैठकमा आफ्नो प्रतिबद्धताअनुरुप पहिलो बैठक नै लाइभ गर्ने निर्णय गरेका छन् ।

नगरसभाको पहिलो बैठक आजै ४ बजेका लागि बोलाइएको छ । सो बैठक लाइभ हुने उनले बताए । प्रमुख साहले काठमाडौँ महानगरको फोहोर व्यवस्थापन आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । महानगरबासीले गरेको पापको भोगी सिसडोलबासी भएको भन्दै उनले भने, “हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सरपीडित हुनुभएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो ।”

फोहोर व्यवस्थापन नभएसम्म, सिसडोलबासीलाई स्वच्छ वातावरणमा बस्ने वातावरण नभएसम्म र उनीहरुले बाँच्न पाउने अधिकार नभएसम्म आफूहरुले केही नगर्ने उनीहरुलाई भनेको साहले बताए ।




भर्खरै