२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा प्रमुख प्रतिपक्ष दलको नाराबाजी बिच विनियोजन विधेयक पारित (भिडियोसहित)



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दलको नाराबाजी बिच विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित  भएको छ  । सोमवारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक  २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को चर्को विरोधकाबीच बहुमतले पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

त्यसैगरी बैठकले अर्थ मन्त्री शर्माले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई स्वीकृत पनि गरेको छ । प्रतिपक्षी दल एमालेले भने संसदको अवरोध कायम नै राखेको छ । सभामुख सापकोटाले एमालेप्रति भेदभावपूर्ण व्यवहार गरेको भन्दै एमालेले निरन्तर संसदमा विरोध गर्दै आएको छ ।

सोमवारको बैठकमा पनि एमाले सांसदहरुले वेल घेर्दै संसदीय सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, यथास्थितिमा संसद चल्न सक्दैन लगायतको नाराबाजी गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक असोज ७ गते बिहीवार दिउँसो २ बजे बोलाइएको छ ।