३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

रामपुरको तालपोखरामा पर्यटकको आकर्षण बढ्दै

रामपुरको तालपोखरामा पर्यटकको आकर्षण बढ्दै
अ+ अ-

– सुशीला रेग्मी
रामपुर । ‘मिनि फेवाताल’को नामले चिनिएको रामपुरको तालपोखरामा यतिबेला पर्यटकको आकर्षण बढेको पाइएको छ । यहाँ नयाँ र आरामदायी खालको डुङ्गा सुचारु गरिएपछि तालपोखराले पर्यटक लोभ्याइरहेको हो । पर्यटकलक्षित हाँस आकारको फाइवर प्याडल डुङ्गा चढ्ने र हेर्नेको उत्साह छ ।

निस्दी गाउँपालिका–४ मित्यालका निर्मल राना हाँस आकारको डुङ्गा सयर गर्दा काठको डुङ्गाको तुलनामा बेग्लै रमाइलो भएको बताउनुहुन्छ । पारिवारिक घुमघामका लागि तालपोखरा आउनुभएका रानाले निर्धक्कका साथ तालमा घुम्दा निकै रमाइलो लागेको सुनाउनुभयो । “काठको डुङ्गाको तुलनामा धेरै आनन्ददायी लाग्यो, डुङ्गाभित्र पानी पस्छ कि भन्ने डर पनि भएन, ढुक्कका साथ नयाँ डुङ्गामा परिवारसहित ताल घुमियो, धेरै आनन्द लाग्यो” उहाँले भन्नुभयो ।

उक्त डुङ्गामा आठ जनासम्म बस्न मिल्ने, सुरक्षित खालको, फोटो, भिडियो खिच्न सहज, एकै पटक धेरै जना सयर गर्र्न मिल्ने सुविधा छ । त्यसकारण पनि यस डुङ्गामा बसेर तालमा घुम्दै सेल्फी खिच्ने, टिकटक बनाउने, भिडियो तथा फोटो खिच्नेहरु बढेका हुन् ।

रामपुरमा नयाँ र देख्दै आकर्षक खालको भएकाले यहाँ घुम्न आउने पर्यटकले अनौठो मान्दै अवलोकन गर्ने गरेको बताउनुहुन्छ, स्थानीय भगवती खनाल । उहाँ भन्नुहुन्छ, “सानो काठको डुङ्गामा चढ्दा पानी पस्ने, हल्लिँदा डुङ्गा पल्टिँन्छ कि भन्ने मनमा त्रास हुन्थ्यो भने यसमा ढुक्क भएर चढ्न पाउँदा धेरै खुशी र रमाइलो लागेको छ ।”

यस आर्थिक वर्षमा रामपुर नगरपालिकाले जलमार्ग सामग्री खरिदका लागि रु १० लाख रकम उपलब्ध गराएको थियो । सो रकमबाट एउटा हाँस आकारको फाइवर प्याडल डुङ्गा रु चार लाखमा र एउटा काठको डुङ्गा रु दुई लाख ४० हजार खरिदमा खर्च गरिएको छ । बाँकी रकम तालपोखरा परिषरको करिब १४० मिटर पक्की बारबन्देज व्यवस्थापनमा खर्च गरिएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो ।

“पर्यटकहरु विभिन्न ठाउँबाट तलापोखरा हेर्नकै लागि आउनुहुन्छ, नयाँपन दिन र पर्यटन प्रवद्र्धनका लागि पोखराबाट हाँस आकारको नयाँ डुङ्गा खरिद गरी चलाउन थालेपछि तालपोखरामा छुट्टै खालको रौनकता थपिएको छ” उहाँले भन्नुभयो ।

दिउँसो र साँझपखको समयमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका हुन् ।

डुङ्गा चालक भगवान देवकोटाले हाँस आकारको डुङ्गाले रौनकता थपेको र यसैमा धेरैको आकर्षण बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नयाँ आउने पर्यटक आश्चर्यजनक मान्दै डुङ्गा चढ्ने गर्नुहुन्छ, यसमा सयर गर्दा आनन्दको अनुभूति हुने, देख्दै आकर्षक खालको रहेकाले पनि सबै उमेर समूहलाई लोभ्याइरहेको छ” । हाँस डुङ्गा प्रतिव्यक्ति रु १०० र काठको डुङगा प्रतिव्यक्ति रु ५० शुल्क कायम गरिएको छ ।

तालमा हाल दैनिक दुई डुङ्गा चालकको व्यवस्था गरिएको छ । बिहान ७ बजेदेखि साँझ रात नपरुन्जेलसम्म डुङ्गा सञ्चालन गर्ने गरिएको बताउनुहुन्छ, चालक श्रीधर पराजुली । उहाँका अनुसार विशेषगरी तालपोखरामा युवायुवती र बालबालिका डुङ्गा सयर गर्दै सेल्फीमा रमाउने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्छ । हाल यहाँ दैनिक एक हाँस डुङ्गा र दुई काठको डुङ्गा सञ्चालनमा ल्याइएको छ ।

एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत पर्यटकीयस्थल तालपोखरामा हालसालै विभिन्न पूर्वाधार स्तरोन्नतिका काम सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ । पोखराको फेवातालको झल्को दिनेगरी पर्यटकीय पूर्वाधारका कार्य भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले योगदान दिएको छ ।

प्रयोगमा नआउने सामान्य खाडलजस्तो जमिनलाई तालको रुपमा विकास गरी पर्यटकीय क्षेत्र बनाइएको छ । यहाँका स्थानीय र समितिले एक दशकदेखि तालपोखराको स्तरोन्नतिमा भौतिक पूर्वाधारका काममा जोड दिँदै पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउन सफल भएका छन् ।

हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा रु तीन करोड ५० लाख बढी रकम खर्च भइसकेको छ । श्रीमद्भागवत धान्याञ्चल ज्ञान–महायज्ञ गरी विसं २०६६ बाट यहाँ पर्यटन प्रवद्धर््नको काम सुरु गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको हो । फेवातालको झल्कोस्वरुप तालको बीचमा मन्दिर निर्माण गरिएको छ । यहाँ २०७४ माघ २४ गतेदेखि डुङ्गा सञ्चालन सुरु गरिएको हो । कोरोनाको कहरमा केही समय बन्द रहे पनि अहिले भने नियमित रुपमा डुङ्गा सञ्चालन भइरहेको छ ।

करिब ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । तालकोबीच भागमा जलेश्वर महादेवको मन्दिर छ । ताल वरिपरी घेराबार, प्रवेशद्वार, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ । यसको नाममा पोखरी र पार्कसमेत छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोज हुन्छ । ताल र पार्कसहित करिब ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा छ

वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालको रुपमा परिणत गरिएको हो । हाल यहाँ स्थानीय कुलो, नहरबाट पानी व्यवस्थापन गरिएको छ ।

तालपोखरामा पर्यटक दैनिकजसो बढ्दै जान थालेपछि पार्क परिसरमा बाल–उद्यान तयार गर्ने समितिले जनाएको छ । पार्क व्यवस्थित गर्ने, बाल–उद्यान निर्माणका सामग्री खरिद, तालकोबीच भाग (मन्दिर परिसरमा)मा पर्यटकलक्षित बस्ने ठाउँको व्यवस्थापन गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारसमक्ष वजेट माग गरी पुर्वाधार निर्माण गर्ने जनाइएको छ ।