२५ श्रावण २०८३, सोमबार
,
Latest
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल फाइनल आजः उपाधिका लागि गुजरात र राजस्थान भिड्दै



अ+ अ-

एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)को फाइनल आज (आइतबार) हुँदैछ । फाइनल खेल ८ः१५ बजे अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ ।

लिगका ७३ खेल सकिएपछि अब उपाधिको दौडमा उभिएका दुवै टोली च्याम्पियन बन्ने दाउमा छन् ।

१४ वर्षअघि (२००८ मा) लिगमा च्याम्पियन बनेको राजस्थान रोयल्स फेरि इतिहास दोहोर्याउन चाहन्छ । अर्कोतर्फ धेरै दिग्गज टोलीलाई हराएर आफ्नो पहिलो सिजनमै फाइनल खेलेको गुजरात टाइटन्सको टोली पनि सफलताको नयाँ इतिहास रच्ने प्रयास गर्नेछ । हार्दिक र सञ्जुको कप्तानीमा यो पहिलो आईपीएल फाइनल हो र दुबै उपाधि कब्जा रक्षा गर्न चाहन्छन् ।

गुजरातले पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई नै पराजित गरेर फाइनलमा स्थान बनाएको हो भने राजस्थान रोयल्सले प्लेअफमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै गुजरातसँगको भेट पक्का गरेको हो ।