२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल फाइनल आजः उपाधिका लागि गुजरात र राजस्थान भिड्दै



अ+ अ-

एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)को फाइनल आज (आइतबार) हुँदैछ । फाइनल खेल ८ः१५ बजे अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ ।

लिगका ७३ खेल सकिएपछि अब उपाधिको दौडमा उभिएका दुवै टोली च्याम्पियन बन्ने दाउमा छन् ।

१४ वर्षअघि (२००८ मा) लिगमा च्याम्पियन बनेको राजस्थान रोयल्स फेरि इतिहास दोहोर्याउन चाहन्छ । अर्कोतर्फ धेरै दिग्गज टोलीलाई हराएर आफ्नो पहिलो सिजनमै फाइनल खेलेको गुजरात टाइटन्सको टोली पनि सफलताको नयाँ इतिहास रच्ने प्रयास गर्नेछ । हार्दिक र सञ्जुको कप्तानीमा यो पहिलो आईपीएल फाइनल हो र दुबै उपाधि कब्जा रक्षा गर्न चाहन्छन् ।

गुजरातले पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई नै पराजित गरेर फाइनलमा स्थान बनाएको हो भने राजस्थान रोयल्सले प्लेअफमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै गुजरातसँगको भेट पक्का गरेको हो ।