• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी ★   रामेछापमा जुनारको जुस बिक्री बढ्यो ★   गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले भने– ‘म षडयन्त्रको शिकार भएँ’ ★   ३९ जिल्लाका १ सय ६५ ठाउँमा डढेलो, ठाउँठाउँमा आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

विमान दुर्घटनाको आशंका गरिएको स्थलमा जाँदैछौं – थासाङ गाउँपालिका अध्यक्ष



काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले तारा एअरको विमान दुर्घटनामा परेको आशंका गरिएको स्थानमा आफूहरु जाँदै गरेको बताएका छन् ।

थासाङको टिटि भन्ने स्थानमा दुर्घटना भएको आवाज सुनिएको र अपुष्ट खबर आएकाले आफूहरु उक्त स्थानमा जान लागेको उनले बताए ।

खराब मौसमका कारण विमान खोज्न गएको हेलिकोप्टरसमेत दुर्घटना आशंका गरिएको स्थानमा पुग्न नसकेर फर्किएपछि अब पैदाल मार्गबाट आफूहरु त्यसतर्फ जान लागेको उनले बताए ।

स्थानीयहरुले धुँवा देखिएको र ठूलो आवाज आएको खबर गरेको भए पनि थप जानकारी पाउन नसकेको उनको भनाई छ ।

पोखराबाट विहान ९ः ५५ बजे जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १०ः०७ बजे म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि जहाज सम्पर्कविहीन भएको थियो ।

विमानमा यात्रुहरु इन्द्र बहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर रहेका छन् ।

यस्तै, विमान प्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा छन् ।