७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

पाहुना चराले रमणीय गौशालाबजार

पाहुना चराले रमणीय गौशालाबजार
अ+ अ-

महोत्तरी। दिनहुँजसो सयौँको सङ्ख्यामा थपिने पाहुना चराले महोत्तरीको गौशालाबजारस्थित इलाका प्रहरी कार्यालय परिसर गुलजार (रमणीय) बनेको छ ।

नयाँ वर्षको प्रारम्भसँगै यसपालिको वसन्तमा गौशाला आउन थालेका पाहुना चराको सङ्ख्या जेठ मध्यअघि नै पाँच हजार नाघी सकेको छ । लाग्दो वैशाखमै आएका पोथी पाहुना चरा गुँडमा फुल (अण्डा) पारेर स्याहार्न थालेका छन् । अहिले पनि चरा थपिने क्रम जारी नै रहेको गौशाला बजारका बासिन्दा बताउँछन् ।

अहिले परिसरभित्रका सबैजसो रुखका हाँगाबिँगा र पात झ्याप्प छोपिने गरी पाहुना चरा बसेका छन् । यिनको कलरब ९कराएको० गीतको धुनझैँ लाग्दा निकै रमाइलो लाग्ने गरेको गौशाला बजारका इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्र बताउनुहुन्छ । बाटो हिँड्ने बटुवा पनि रुखका हाँगापात छ्याप्पै छोपेर सेताम्य देखिने चराको झुण्ड हेरेर मख्ख पर्छन् ।

गौशाला बजारमा पाहुना चराको आगमन हुन थालेको करिब दुई दशक हुनै लागेको छ । वैशाख सुरु भएपछि दोस्रो साताभित्रको सेरोफेरोमा प्रहरी कार्यालय परिसरमा आउने पाहुना चरा गौशालामात्र नभएर अब जिल्लाका सबैभेगका बासिन्दाका लागि चासोको कुरा बनेको छ । “यहाँ नयाँ वर्ष (विक्रम सम्वतको) लागेसँगै पाहुना चरा आइनपुगे निकै सोधखोज बढ्दो रहेछ”, प्रहरी निरीक्षक मिश्र भन्नुहुन्छ, “यसपालि पाहुना चराको बथान आइपुग्न दुई/तीन दिन ढिलाइ भएको थियो, बाटो हिँड्ने जोसुकै चराबारे सोधखोज गर्नथाले ।” यसपालि वैशाख पहिलो सातामा पाहुना चराको पहिलो बथान परिसरमा आइपुगेको प्रनी मिश्रको भनाइ छ । पहिलो दिन दुई/तीन सयको सङ्ख्यामा आएका पाहुना चरा थपिँदै गएर अहिले पाँच हजार नाघी सकेका छन् ।

दुई दशकयता प्रत्येक नयाँ वर्षसँगै घाँटीमा पहेँलो र अन्य शरीर निख्खर सेता भएका बकुल्ला जातिका हिमाली चराले छ महिना अवधि इलाका प्रहरी कार्यालय गौशालाको परिसरलाई आफ्नो बासस्थान बनाउँदै आएका छन् । सुरुमा वैशाख सङ्क्रान्तिकै दिन पाहुना चरा आउन थालेपनि पछिपछि आउने दिनमा साता १५ दिनको फरक पर्ने गरेको गौशालावासी बताउँछन् । “वैशाख सङ्क्रान्तिसँगै जुडशीतल पर्व मनाइरहँदा हामी पाहुना चरा आएको हेर्न पर्खन्थ्यौँ”, गौशाला नगरपालिकाकै रजखोर बस्तीका राजनीतिक÷सामाजिक कार्यकर्ता अजय कुशवाहा भन्नुहुन्छ, “यसपालि भने पाहुना चरा पाँच दिन ढिलो आए ।” वैशाख सङ्क्रान्तिसँगै पाहुना चराबारे चियोचर्चा हुने यस भेगको चलन नै बसिसकेको कुशवाहाको भनाइ छ ।

केही सयबाट आउने क्रम थाल्ने यी चराको सङ्ख्या पाँच साताभित्र पाँच हजार पुगेको छ । छ महिनापछि फर्कने बेलामा भने आफ्ना जहान बढाएर १५ हजार पु¥याउने गरेका दैनिकजसो यी चराको गतिविधि नियाली रहने गौशालाका व्यापारी बताउँछन् । वैशाखमा आउने यी चरा असोजमा फर्कने गरेका छन् । यहाँको बसाईमा पाहुना चराले तीन छिमल बच्चा कोरल्दा यहाँ आएका चराको सङ्ख्या फर्कने बेलासम्म तेब्बर पुग्ने गरेका गौशाला बजारका चियापसले मीना साह बताउनुहुन्छ ।

यी चरालाई कतिले साइबेरियन र कतिले नेपालकै हिमाली भेगका बताउने गरेका छन् । लामो समयदेखि वनवातावरण र जङ्गली पशुपंछीबारे अध्ययन, अनुसन्धान गर्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासका अध्यक्ष नागदेव यादबले हिउँदमा हिमाली भेग जाँदा यस्तै चरा देखिएकाले यी मुलुककै हिमाली भेगका चरा हुनसक्ने बताउनुहुन्छ । यता लामो समय रुसमा बसेर त्यहीँबाटै उच्च शिक्षा सकेर फर्कनु भएका जिल्लाकै भङ्गाहा नगरपालिका–५ राजपुरका मधु ढङ्गाना भने गौशालामा आएका पाहुना चरा साइबेरियन नै भएको बताउनुहुन्छ । “साइबेरियाका बकुल्ला एक्लादुक्लै बस्दैनन्”, ढुङ्गानाले भन्नुभयोे, “अहिले यहाँ आएका पाहुना चराको बसाइ, रङरुप र कराइ ठ्याक्कै साइबेरियन बकुल्लासँग मिल्छ ।”

पाहुना चराबारे समान धारणा नदेखिए पनि गौशालामा भने यी पाहुनाचरालाई ‘साइबेरियन बकुल्ला’ नै भन्ने गरिएको छ । करिब दुई दशकदेखि गौशालाकै प्रहरी कार्यालय परिसरलाई नै बस्ने ठाउँ रोजेका यी पाहुना चरा तातो वातावरण बच्चा हुर्काउन अनुकूल हुनाले सन्तानवृद्धिकै लागि यहाँ आउने गरेका कुरामा भने विज्ञहरु सहमत देखिन्छन् ।

सुरुसुरुका वर्षमा त पाहुना चरा हेर्न नै टाढाटाढाबाट सर्वसाधारण आउने गर्थे । अब यो क्रम पातलिए पनि गौशाला बजारको परिचयमा पाहुनाचरा थपिएका स्थानीय शिक्षक पुरुत्तोम अधिकारी बताउनुहुन्छ । नदी किनारको छिपछिपे पानी भएको ठाउँ र ओरपरका पोखरी पाहुना चराले चरण क्षेत्र बनाएका छन् । पानीमा तैरिने लेउ, साना भुरा माछा र किरा फट्याङ्ग्रा नै पाहुना चराको आहारा हुने गरेको छ ।

यता इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मिश्र भने पाहुना चराको रेखदेख, संरक्षण र हेरचाहमा समुचित ध्यान दिइँदै आइएको बताउनुहुन्छ । “हामीले पाहुना चराको सक्दो हेरचाह गरेका छौँ”, प्रनि मिश्रले भन्नुभयो, “गुलेली चलाउने, चरा जिस्क्याउने र घुँयत्रो हान्नेजस्ता चरा बिच्क्याउने काम परिसरभित्र पूर्णवर्जित छ ।” यद्यपि यहाँ आउने चराका विविध पक्षबारे अध्ययन अनुसन्धान हुनुपर्ने आवश्यकता औल्याइएको छ । रासस