२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

धम्क्याएर रकम मागेको आरोपमा ६ जना पत्रकारसहित एक विज्ञापन एजेन्सीका पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले धम्क्याएर रकम मागेको आरोपमा सञ्चारकर्मी र विज्ञापन एजेन्सीका गरी सात जनालाई पक्राउ गरेको छ ।

योजनावद्ध तरिकाले पिडितलाई पटक–पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई रू. ७ करोड माग गरेको सूचनाको आधारमा कार्यालयबाट खटिएको उपत्यका अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २१ वर्षीय सुजन आचार्य, २९ वर्षीय टेक विक, २९ वर्षीय धर्मराज थापा, ३३ वर्षीय उमेश भण्डारी, २९ वर्षीया बसन्ता खनाल, ३२ वर्षीय सुरज शर्मा र ३३ वर्षीय श्रवण कार्की रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरुलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ ।