५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिंसा पीडित बालिकाका परिवारलाई पाँच लाख दिइने



अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिकाले उल्टाखाममा हिंसाबाट पीडित बालिकाका परिवारलाई रु पाँच लाख नगद सहयोग दिने निर्णय गरेको छ । भीमदत्तका नगरप्रमुख पदम बोगटीले बिहीबार पहिलो कार्यपालिका बैठकबाट सहयोग दिने निर्णय गराउनुभएको छ ।

कार्यपालिका बैठकले पीडित बालिकालाई उच्च शिक्षासम्म अध्ययनको जिम्मा लिने निर्णय पनि गरेको छ । नगरप्रमुखको सचिवालयका नायबसुब्बा नरेन्द्रदेव भट्टले कार्यपालिकाको पहिलो बैठकबाट नगद र शिक्षा अध्ययनका लागि जिम्मेवारी दिइने निर्णय गरिएको बताउनुभयो ।

“मुख्यरूपमा पीडित बालिकाका परिवारलाई सहयोग र शिक्षा अध्ययनका लागि जिम्मा लिने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक निर्वाचनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनेलगायतका निर्णय गरिएका छन् ।”

बालिकामाथि हिंसा भएको घटना बाहिर आएपछि आफन्तले प्रहरीलाई खबर गरेपछि हिंसामा संलग्न स्थानीय दिनेश मालीले घरभित्रै झुण्डिएर आत्महत्या गरेका थिए ।