७ श्रावण २०८३, बिहीबार
,
Latest
गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकासमा उड्ने पेशा: ५५ एयर होस्टेस दीक्षित



अ+ अ-

काठमाडौं । नेपाल एयरहोस्टेस एकाडेमीमा अध्ययनरत १६, १७ र १८औँ व्याचका ५५ एयर होस्टेस दीक्षित भएका छन् । काठमाडौंको हात्तिसारमा भएको एक ग्राजुएसन समारोहमा दीक्षित भएर प्रमाणपत्र पाएसँगै उनीहरुको विमान परिचारिका बन्ने वाटो खुल्ला भएको छ ।

उनीहरु सात महिना पहिले एयर होस्टेस बन्ने सपना बुनेर नेपाल एयर होस्टेस एकाडेमीमा अध्ययन गर्न आउनुभएको थियो । विगत ७ महिनाको अथक प्रयासपछि उनीहरु विमान परिचारिकाको रोजगारीको लागि सक्षम बनेका नेपाल एयर होस्टेस एकेडेमीका डाइरेक्टर रेजिना तुलाधरले जानकारी दिनुभएको छ ।

विमान परिचारिका आफैंमा ग्ल्यामर तथा आर्कषक पेशा हो । आकाशमा उड्ने यो पेशा जति रोमाञ्चक छ, उत्तिकै जिम्मेवारी पनि बहन गर्नुपर्ने खालको हुन्छ । त्यसैले यसको आकर्षण पनि बढ्दो छ ।

ग्राजुएसन समारोहमा नेपाल एयर होस्टेस एकाडेमीका चिफ इन्सटक्टर गौरी कला थापा, भारतीय मूलकी अन्तर्राष्ट्रिय विमान परिचारिका सञ्चिता नेपाली, पर्सनालिटी प्रशिक्षक रोजिन शाक्य तथा सँस्थाका अध्यक्ष प्रदीपराज वन्तको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्रका साथै तथा हरेक व्याचका उत्कृष्ट विद्यार्थीलाई मेडलसमेत प्रदान गरिएको थियो । संस्थाका डाइरेक्टर रेजिना तुलाधरले सञ्चालन गर्नु भएको कार्यक्रममा अतिथिहरुले विमान परिचारिका जस्तो महत्वपूर्ण क्षेत्रमा लगानी गरेर युवाहरुलाई शिक्षा प्रदान गर्नु आफैँमा महत्वपूर्ण रहेको भन्दै प्रसंसा गर्नुभएको थियो ।

यसको अर्को आकर्षक कुरा त के छ भने, क्षणभरमा एक ठाउँबाट अर्को ठाउँको हावापानी, सँस्कृतिक र सामाजिक वातावरणको अनुभव गर्न सकिन्छ । त्यसमाथि उचित सेवा सुविधा पनि पाइने पेशा हो विमान परिचारिका ।

पढ्नुपर्ने विषयमा विमानको इतिहास र प्रकार, यात्रु सुरक्षा, यात्रु सत्कार , फायर फाइटिङ रहेको छ । यस्तै उक्त विषय पढ्दा विभिन्न विषयवस्तुलाई फोकस गरिन्छ । जस्तै ड्रेस र मेकअप, फुड सर्भिस, प्राथमिक उपचार विधि, व्यक्तित्व विकास, आत्मरक्षा, पौडीलगायतका विषयलाई बढी प्रार्थमिकताका साथ शिक्षा प्रदान गरिन्छ ।

उनीहरुले विमानस्थल, विमान कम्पनी, एयरपोर्ट लन्च, ग्राउन्ड होस्टेस, कर्पोेरेट कार्यालय, ट्राभल एजेन्सीलगायत विभिन्न कार्यालयमा फ्रन्ट डेक्समा सजिलै काम गर्न सकिन्छ ।

विमान परिचारिका भइ सकेपछि विभिन्न कामहरु गर्नु पर्ने हुन्छ । जस्तै यात्रुको सत्कार गर्ने, यात्रुको सुरक्षाको अनुभूति दिलाउने, यात्रुको कमाण्ड लिने, यात्रुलाई अप्ठ्यारो समयमा सान्त्वना दिने, सूचना प्रवाह गर्ने, मौसमसम्बन्धी जानकारी दिने, परिचयपत्र चेकजाँच गर्ने गर्नुपर्छ । राष्ट्रिय उडानमा मासिक न्यूनतम ३० हजारदेखि ८० हजारसम्म कमाइ हुन्छ भने अन्तर्राष्ट्रिय उडानमा मासिक एक लाखदेखि दुई लाख रुपैयाँसम्म पनि कमाइ हुने जनाइएको छ ।

एयर होस्टेसलाई नेपालमा मात्रै नभई विदेशमा समेत रोजगारीको अवसर रहेको तुलाधर बताउनुभयो ।