२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार आरोपमा काठमाडौंबाट प्रिन्सिपल खड्का पक्राउ



अ+ अ-

धरान । सात वर्षअघि आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रिन्सिपल राज खड्का काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को समूहले लुकिछिपी बस्दै आएका ३६ बर्षीय खड्कालाई राजधानीबाट पक्राउ गरेको हो ।

उनलाई आजै जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याएर अदालतमा उपस्थित गराइने सीआईबीको तयारी छ ।

खड्का विरुद्ध छात्राले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएको बताइएको छ । प्रहरीले समेत आवश्यक अनुसन्धान सकेर सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेपनि खड्का फरार थिए । उनी विरुद्धको मुद्दा हाल मुल्तबीमा रहेको कारण उनलाई आजै सुनसरी जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।

खड्का हाल काठमाडौँको नेपालटारमा रहेको एक निजी स्कुलमा प्रिन्सिपलकै रुपमा कार्यरत थिए । पीडित युवतीले सामाजिक सञ्जालमा उनी विरुद्ध पोष्ट गरेपछि खड्का फरार थिए ।

इटहरीस्थित एक निजी स्कुलमा प्रिन्सिपल रहेकै अवस्थामा खड्काले कक्षा ९ मा पढ्दै गरेकी १५ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेको आरोप छ ।