२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार आरोपमा काठमाडौंबाट प्रिन्सिपल खड्का पक्राउ



अ+ अ-

धरान । सात वर्षअघि आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रिन्सिपल राज खड्का काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को समूहले लुकिछिपी बस्दै आएका ३६ बर्षीय खड्कालाई राजधानीबाट पक्राउ गरेको हो ।

उनलाई आजै जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याएर अदालतमा उपस्थित गराइने सीआईबीको तयारी छ ।

खड्का विरुद्ध छात्राले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएको बताइएको छ । प्रहरीले समेत आवश्यक अनुसन्धान सकेर सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेपनि खड्का फरार थिए । उनी विरुद्धको मुद्दा हाल मुल्तबीमा रहेको कारण उनलाई आजै सुनसरी जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।

खड्का हाल काठमाडौँको नेपालटारमा रहेको एक निजी स्कुलमा प्रिन्सिपलकै रुपमा कार्यरत थिए । पीडित युवतीले सामाजिक सञ्जालमा उनी विरुद्ध पोष्ट गरेपछि खड्का फरार थिए ।

इटहरीस्थित एक निजी स्कुलमा प्रिन्सिपल रहेकै अवस्थामा खड्काले कक्षा ९ मा पढ्दै गरेकी १५ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेको आरोप छ ।




भर्खरै